अत्तरिया – कैलालीको गोदावरीमा रहेको काठे पुलमा राखिएका राष्ट्रिय झण्डा झुत्रिएका छन । डेढ बर्ष अगाडी थ्रीडीभिएल क्रियसन नामक संस्थाले राखेका झण्डा झुत्रिएका हुन । २०७७ सालको चैत्र महिनामा उक्त संस्थाले पुलमा २१ वटा झण्डा राखेको थियो । तर, लामो सयम सम्म उक्त झण्डा नफेरिदा अहिले झण्डाहरु झुत्रिएको अवस्थामा रहेका छन भने केहि झण्ढा पुर्ण रुपमा नष्ट भइसकेका छन । राष्ट्रिय झण्डाको प्रयोग सम्बन्धी कार्यबिधि २०६९ अनुसार राष्ट्रिय झण्डा झुत्रो हुन भन्दा अगाडी फेर्नु पर्ने व्यवस्था गरिएको छ ।
यसमा राष्ट्रिय झण्डाको आकार, झण्डा प्रयोग गर्ने स्थान, झण्डा प्रयोग गर्ने बिधि, राष्ट्रिय झण्डाको मर्यादा र सम्मानमा आँच नआउने गरि कसरी प्रयोग गर्ने भन्ने कुरा उल्लेख छ । तर, पुलमा राखिएका झण्डा भने मापदण्ड विपरित झुत्रिसकेका भएपनि फेरिएका छैनन् ।
पुलमा राष्ट्रिय झण्डा राखिएपछि त्यसको सौदर्य बढेको भएपनि अहिले झण्डा झुत्रिदा झन कुरुप बनेको छ । हाल पुलमा राखिएका आधा भन्दा बडी झण्डा हराएका छन भने भएका झण्डा पनि थोत्रा भएका छन । जसले गर्दा पुलको सौदर्यता विग्रनुका साथै राष्ट्रिय झण्डाको अपमान भएको छ ।
उता उसअघि उक्त पुलमा झण्डा राखेको थ्रिडिभिएल क्रियसनका अध्यक्ष दिपक ओझाले झण्डा फेर्नका लागि पहल थालिएको बताए । उनले पुलमा राखिएका झण्डा फेर्नका लागि वडा नम्बर – ४ ले सहयोग गर्ने प्रतिवद्धता दिएको बताए । पुलमा हाल राखिएका झण्डा फेर्नका लागि करिब २५ हजार बजेट आवश्यक पर्ने उनले बताए ।
हाल काठे पुल पनि जिर्ण बनेको छ भने त्यसको सौदर्यता बढाउनका लागि राखिएका झण्डा पनि झुत्रिदा यो पुल झन कुरुप बनेको छ । गोदावरीको मुख्य अन्तरिक तथा बाह्य प्रयटकहरुको आकर्षणको केन्द्रबिन्दुमा रहेको पुल नै कुरुप बनेपछि यसलाई आकर्षक बनाउन वडा कार्यालयले पहल गरिरहेको वडा अध्यक्ष हेम प्रकाश मल्लले बताए ।
उनले आर्थीक बर्ष २०७९÷८० मा पुल मर्मतका लागि बजेट बिनियोजन गरिएको बताए । उनले पुलमा रंगरोपन, झण्डा झेर्ने र किनारामा जाली लगाउनका लागि बजेट बिनियोजन गरिएको बताए । ‘पुरानो पुल जिर्ण भएपनि यो पर्यटकहरुका लागि आकर्षकको केन्द्र बनेको छ’ वडा अध्यक्ष मल्लले भने ‘यस पुलको संरक्षण गर्न सकेमा पर्र्यटकको आकर्षण बढाउन सकिने भएकाले हामीले यसमा रंगरोपन गर्न र झण्डा राख्नका लागि बजेट बिनियोजन गरेका छौ ।’ उनले पुलको किनाराबाट नदीमा खस्न सक्ने जोखिम भएकाले किनारामा जाली राख्नको लागि पनि बजेट बिनियोजन गरिएको बताए ।
गोदावरीको मुख्य आकर्षकका रुपमा रहेको यस पुलमा बिशेष गरेर बिदाका दिन पर्यटकहरु रमाइलो गर्ने आउने गरेका छन । यस पुलमा राखिएका झण्डाले पुलको झनै सौयदर्यता बढेको थियो ।
सवारी साधन संचालनमा रोक लगाइएको पुलमा रगंरोपन गर्न सकेको खण्डमा पुल पर्यटकहरुको मुख्य गन्त्यव्य बन्नेमा दुईमत छैन । तर, उक्त जिर्ण पुललाई पर्यटकिय क्षेत्रका रुपमा विकास गर्नका लागि नगरपालिकाले योजना अगाडी सारेको बताउँदै आएपनि सो अनुसार काम हालसम्म काम भने हुन सकेको छैन ।
सम्बन्धित खबर : गोदावरी पुलमा नेपालका २१ वटा राष्ट्रिय झण्डा राखिए