मोहना अत्तरिया ६ लेन सडक हरियाली बनाइने

अत्तरिया – ६ लेन सडकको अत्तरिया – धनगढी एयरपोर्ट चोक सडक खण्डमा बृक्षारोप गर्ने योजना अगाडी सारिएको छ । धनगढी चौराहा देखि एसरपोर्ट चोक सम्म भाटभटेनी सुपरमार्केटले बृक्षारोपण गरिरहेकोमा बाँकी अत्तरिया तर्फको खण्डमा ‘प्लानेट ग्रिन नेपाल’ संस्थाले वृक्षारोपण गर्ने योजना अगाडी सारेको हो ।

Karma Consultancy

बृक्षारोपणका लागि उक्त सस्थाले अन्य बिभिन्न संघसस्था र निजी क्षेत्र संग सहकार्य गरेर बृक्षारोपण गर्ने जनाएको छ । संस्थाका अध्यक्ष पुस्कर शर्मा जोशीले ६ लेन सडकको बिच भागमा बिरुवा रोपेर करिब ४ बर्ष सम्म संरक्षण गर्ने जिम्मा लिने बताए । जसका लागि अत्तरिया चोक देखि एयरपोर्ट सम्म ९ सय बिरुवा आवश्यक पर्ने उनले बताए ।

citizen security services

बिरुवा रोप्दा उक्त बिरुवा संरक्षणका लागि बनाइएको जालीको घेरबारमा बिरुवा रोप्न सहयोग गर्ने दाताको नाम लेखिने सस्थाले जनाइएको छ । ६ लेन सडकको बिचमा क्रोटन, घण्टेश्वरी, गुलाव, सिरोज, प्लावरिङ्ग केक्टस, धुपी, एक्जारो, कामीनी लगाएतका बिरुवा रोपिने छन । बिरुवा रोप्ने कार्यक्रम असार २५ गते देखि सुरु गरिने जनाइएको छ । हाल भाटभटेनीले निःशुल्क रुपमा धनगढी चौराहा देखि एयरपोर्ट चोक सम्म ४ सय बिरुवा रोपिरहेको छ ।

attariya hospital

१४.२ किलोमिटर लम्बाईको मोहना अत्तरियाय ६ लेन सडक निर्माणका क्रममा १ हजार ४ सय ५४ रुख काटिएका भएपनि उक्त योजना अन्तरगत रुख रोप्ने योजना भने समेटिएको छैन । २०७४ साल जेठ देखि निर्माण सुरु गरिएको यो सडक हाल सम्म पनि पटक–पटक म्याद थप गर्दै निर्माणाधिन अवस्थामै रहेको छ ।

सडकको सर्भिस लेन र फुटपाट निर्माणको काम जारी रहेको भएपनि ६ लेन सडकको बिच भागमा राखिएको डिभाइडरमा रुख रोप्ने भाग भने करिब १ बर्ष अगाडी नै तयार भइसकेको थियो । सडकको डिभाइडरको भागमा बिरुवा रोप्नका लागि मोहना पुल अत्तरिया सडक योजना कार्यालय संग यसअघि बिभिन्न संघ सस्थाहरुले रुख रोप्ने सम्झौता गरेका भएपनि सम्झौता कार्यान्वयनमा भने आउन सकेको छैन ।

प्लानेट ग्रिन नेपालका अध्यक्ष जोशीले ६ लेन सडक संगै गोदावरीमा धाम क्षेत्रमा पनि बृक्षारोपण गर्ने कार्यक्रम तय गरिएको बताए । उनले बृक्षारोपण र त्यसपछिको संरक्षणका लागि बिभिन्न दाताहरुसंग सहयोगको अपिल गरिएको बताए । उनले बृक्षारोपण अभियानमा सहयोग गर्न गोदावरी नगरपालिकाले पनि सहयोग गर्ने जनाएको बताए ।

सोही बिषयमा छलफल गर्न बिहिबार संस्थाले सरोकारवाला र अत्तरिया क्षेत्रमा अगुवा युवाहरुसंग छलफल गरेको थियो । छलफलमा सहभागिहरुले बिरुवा रोप्नेमा मात्रै केन्द्रित नभएर बिरुवालाई कसरी जोगाउने भन्ने बिषयमा ध्यान केन्द्रित गर्न जोड दिएका थिए ।  छलफलमा बिरुवा रोप्ने अभियानलाई सफल पार्न सहयोग गर्ने प्रतिवद्धता समेत गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस

Your email address will not be published.