दाम्पत्य जीवनको दर्दनाक अन्त्य

अत्तरिया – ६५ बर्षीय हेम बहादुर ऐर र उनकी श्रीमती ५५ बर्षीया पदमा देवी ऐरको दाम्पत्य जीवनको दर्दनाक अन्त्य भएको छ । हेम बहादुर मंगलबार बिहानै रुखमा झुण्डिएको अवस्थामा भेटिए भने उनकी श्रीमती पदमा सुतेकै कोठामा घाटी छिनालेको अवस्थामा रगतले लतपतिएको अवस्थामा भेटिइन् । कैलालीको गोदावरी नगरपालिका – ७ हरैयामा एकाबिहानै घटेको यो घटनाले अहिले गाउँमा सन्नाटा छाएको छ ।

Karma Consultancy

८ बर्ष अगाडी डोटीको जोरायल गाउँपालिका – २ छतिवनबाट कैलाली झरेका ऐर दम्पतीको यसरी अन्त्य होला भनेर कसैले कल्पना सम्म गरेका थिएनन् । तर, मंगलबार बिहानै भने दुवै जनाको दर्दनाक अत्य देखेपछि घटनाको रहस्य खोतल्न प्रहरी संगै स्थानीय पनि लागेका छन ।
घटनाको प्रहरीले छानबिन गरिरहेको भएपनि प्रारम्भिक अनुसन्धान र स्थानीयको भनाईलाई आधार मानेर हेम बहादुर नै श्रीमतीको हत्या गरेर पछि आफूले आत्महत्या गरेको जनाएको छ ।

citizen security services

तर, जीवनको उत्तरार्धमा पुगेका हेम बहादुरले यसरी आफ्नै श्रीमतीको दर्दनाक हत्या कसरी गर्न सकेका होलान भन्ने कुरामा प्रहरी र स्थानीय आश्चर्य चकित परेका छन ।

attariya hospital

मृत्युको खबर सुनेपछि छतिवनबाट मंगलबार दिउँसो हरैया पुगेका मृतकका दाई हुकुम बहादुर ऐरले भाई बुहारी बिच सामान्य वादविवाद भइरहने भएपनि यति सम्मको घटना घट्ला भन्ने आफूले कल्पना सम्म नगरेको बताए ।

‘संस्कारकै मान्छे हो । जाँडरक्सी पनि खान्थेन् । पहाड–तराई आवतजावत भइरहन्थ्यो’ उनले भने ‘बाहिर हेर्दा त राम्रै देखिन्थ्यो । भित्र के थियो थाहा भएन । झगडा भएर त त्यस्तो भएको होला ।’

उनले भाई बुहारी बिच झगडा भइरहने भएपनि त्यसले यस्तो रुप लिन सक्छ भन्ने कुरामा आफूलाई पत्याउनै गाह्रो भइरहेको बताए ।

‘हुन त भाई बुहारी दुवै रिसालु स्वभावकै थिए । रिसको झोकमा कही बुहारीको हत्या गरेर आफुले बाचेर के गर्ने भन्ने सोचेर आत्महत्या गरेको आशंका मलाई पनि लागेको छ । अर्कोतिर रिसको झोकमा घाटी नै रेट्न सम्म त नगर्नु पर्ने हो जस्तो पनि लागेको छ’ उनले भने ‘बाह्य व्यक्ति संग त्यस्तो झगडा पनि भएको जस्तो लाग्दैन । उमेर पनि भएकाले अब त्यस्तो नहोला भन्ने लागेको थियो । पछिल्लो १०÷१२ बर्ष यता सम्बन्ध राम्रै देखेको थिए । संगै पहाड तराई आवतजावत गर्ने, तिर्थ बर्त जाने गरेका थिए ।’

उनले भाई बुहारी बिच बढी जसो घरायसी बिषयमा झगडा हुने गरेको बताए ।

उनले भने ‘घरायसी बिषयमा झगडा हुन्थ्यो । दुवै त भन्दा के कम भन्ने हुन्थ्यो । रिसमा कुटपिट गरे पनि घाटी नै रेट्न नहुने ।’

मृतक ऐरका आमा, भाई र दाइको परिवार र २ बुहारी जोरायलमै बस्दै आएका थिए भने उनीसंग हरैयाको घरमा श्रीमती बुहारी र ४ बर्षको नाती बस्दै आएका थिए । साँझ खाना खाएर सुतेका ऐर दम्पतीको मृत्यु भएको बिषयमा बिहान ५ बजे मात्रै स्थानीयले पाएका थिए । स्थानीयले घर अगाडी बाटो छेउमा हेम बहादुरको शव रुखमा झुण्डिएको अवस्थामा देखेपछि घरमा खबर गर्दा श्रीमतीको पनि घाँटी रेटिएको कुरा थाहा पाएका थिए । मृतकी बुहारीले घटनाको बारेमा आफूले पनि स्थानीयले खबर गरेपछि बिहान मात्रै थाहा पाएको बताएकी छिन ।

मृतकका जेठो छोरा भारतमा रोजगारी गर्दै आएका छन भने माइलो छोरो सशस्त्र प्रहरीमा जागिरे छन । कान्छा छोरा भने कालिकोटमा जेसिबी चलाउँदै आएका छन । ऐरकी एक छोरी भएपनि उनको विवाह भइसकेको छ ।

छोरा सबै काममा लागेकाले उनको घरमा आर्थिक रुपमा खासै समस्या नरहेको उनका दाई हुकुमले बताए ।

स्थानीयले पनि श्रीमान, श्रीमती बिच झगडा भइरहने भएकाले हेम बहादुरले नै हत्या गरेर आत्महत्या गरेको बताइरहेका छन । यता प्रहरीले भने प्रारम्भिक अनुसन्धानमा श्रीमानले नै श्रीमतीको हत्या गरी आत्महत्या गरेको जस्तो देखिएको भएपनि घटनाको सुक्ष्म अध्ययन गरिरहेको जनाएको छ ।

ईलाका प्रहरी कार्यालय मालाखेतीका प्रमुख एवम् प्रहरी नायब उपरिक्षक रविन्द्र पाण्डेयले घाटी रेटिएको अवस्थामा ओछ्यानमा भेटिएकी पदमाको शव नजिकै खुकुरी फेला परेको बताए । दुवै जनाको शव पोष्टमार्टमका लागि सेती प्रादेशीक अस्पताल धनगढीमा राखिएको छ ।

प्रतिक्रिया दिनुहोस

Your email address will not be published.