यस्तो छ गोदावरीकी निवर्तमान उपमेयर कडायतको ५ बर्षे डायरी (भिडियो सहित)

अत्तरिया – कैलालीको गोदावरी नगरपालिकाकी निवर्तमान उपमेयर रत्ना कडायतले आफ्नो ५ बर्षे सिकाई र उपलब्धि सार्वजनिक गरेकी छिन । दोस्रो कार्यकालका लागि मेयरमा पराजित भएपछि पहिलो पटक पत्रकार सम्मेलन गर्दै उनले आफ्ना ५ बर्षे सिकाई र उपलब्धि सार्वजनिक गरेकी हुन ।

maya metro hospital

‘पहिलो कार्यकालका लागि सुनौलो अवसर दिएकोमा नगरवासीहरूमा हृदयदेखी स–धन्यबाद उच्च सम्मान ब्यक्त गर्दछु’ पत्रकार सम्मेलनमा उनले भनीन ‘आसन्न निर्वाचनमा मेरो पक्षमा केही फरक मत परिणाम आयो । हजुरहरुले एक भोट रत्नालाई दिन्छु भन्नु भएको थियो र दिनु भएको पनि हो विडम्बना प्राविधिक समस्याले मत बदर बढि भएर थोरै मतान्तरले पराजित हुन पुगे । तमाम हजारौ हजार नगरबासीहरु प्रति ऋणि छु ।’

संघिय प्रणालीको प्रथम स्थानिय तह निर्वाचन २०७४ मा लोकप्रिय मत सहित गोदावरी नगरको उप–प्रमुखमा विजयी भएकी कडायत दोस्रो कार्यकालका लागि भने पराजित भएकी थिइन् ।

attariya hospital

चुनौतिका बिच काम ग-यौ

उनले पहिलो कार्यकालमा बिभिन्न चुनौतिका बिच काम गरेको बताईन् । उनले संघियता पछिको पहिलो कार्यकाल भएकाले पनि काम गर्न निकै चुनौतिको सामना गर्नुपरेको बताईन् । ‘संघियताको पहिलो अभ्यास थियो । स्पष्ट कानुन,ऐन नियमको शुरूवाती अभाव,सिमित श्रोतसाधन, दक्ष जनशक्तिको अभाव थियो । ५ बर्षे कार्यकालको करिब एक चौथाई समय कोरोना महामारीले हाम्रो पालिका पनि बिशेष प्रभावित रह्यो’ उनले भनीन ‘तथापि मैले इमान्दारी पुर्बक जनमतको अक्षरस कदर गर्दै, मेरो सिमित अधिकार र कार्य क्षेत्र भित्र रही पुर्वाधार विकास, मानविय, सामाजिक, न्यायिक निरूपण कार्य, विगतको अत्तरिया शहर गाउँ र हालको अवस्था तुलनात्मक रूपमा सफा,सुन्दर र विकासमा केही परिवर्तन भएको छ ।’

उनले बिगत ५ बर्षको कार्यकालमा थुप्रै जनअपेक्षा, जनचाहनाहरू सिमित श्रोतसाधनका बिच आफूले हर सम्भब सम्बोधन गर्नै प्रयास गरेतापनि, समग्र नगरको विकास र समृद्विको स्पष्ट मार्गचित्रमा सोचे र भनेजस्तो धेरै कार्य पूरा नभएको हुन सक्ने बताइन् ।

न्याय दिन सदैव तत्पर रहे

उनले न्यायसमितिको संयोजकको भूमिकामा आफू सधै तत्पर भएर काम गरेको बताईन् । ‘न्याय सम्पादन कार्य प्रभावकारी, छिटोछरितो, चुस्त दुरूस्त बनाउन शुरूका दिनमा निकै कठिन भयो । बिस्तारै कानुनी ज्ञान सहित धेरै कुरा सिक्ने मौका पाए फलस्वरूप आम नागरिकलाई निष्पक्ष ढंगबाट साझा जनप्रतिनिधिको रूपमा दुबै पक्षका कुरा सुनि न्याय दिन सदैव तत्पर रहे’ उनले भनीन् ‘बादि प्रतिवादि पक्षको जितजितको अनुभूति हुने गरि न्याय पद्वति अनुरूप काम गर्दे गए ।’

उनले ५ बर्षिय कार्यकालमा धेरै नगरबासिलाई न्याय दिएर उनीहरुको जिवनमा परिवर्तन ल्याउने काम गरेको बताईन् । ‘कतिपय दिदिबहिनि दाजुभाईका बिग्रेका घर सपार्न लागे, कतिपय बुवा आमालाई सम्मान पुर्वक जिउन सघाए, आवाज विहिनहरूका आवाजमा साथ दिए, दु:ख सुख विसाउने थलो बने’ उनले भनीन ‘आम नगरवासी देखि मलाई गर्व छ । मैले समग्र नगरवासी, बिधार्थीहरु, गुरुवर्ग, समाजसेवी, विभिन्न राजनीतिक पार्टीका मित्रहरु, महिला दिदीबहिनी तथा बृद्ध आमाबुवाहरु बाट निरन्तर सहयोग,सुझाव र हौसला पाए हजुरहरुले म प्रति गर्नु भएको बिश्वास र देखाउनु भएको अगाध मायाको म सधै ऋणी छु ।’

उप भनेको चुप लाग्नुपर्छ भन्ने दृष्टिकोणले ओझेलमा परे

उनले आफू जनताबाट निर्वाचित भएपनि उपमेयर प्रति मेयरको दृष्टिकोणका कारण आफ्ना थुप्रै योजना भने ओझेलमा परेको बताईन् । ‘महिलाहरूको अर्थपुर्ण सहभागिताको नाममा महिलाको क्षमता, भिजनलाई स्विकार्न नसक्नुले ५ बर्षे कार्यकालमा मुलुकभरि थुप्रै चुनौति थपिए , जसको भागेदार हाम्रो गोदावरि पनि रहयो । जनता नजिकको सरकारको प्रतिनिधि हामी भनिरहदा तालि र गालि दुबै पाईन्छ भन्नेमा दुईमत छैन । काठमाडौँ महानगर लगायत नेपाल भरिका धेरै जसो नगर प्रमुखले नत आफ्नो स्पष्ट भिजन दिन सके, नत कसैको भिजनलाई खुल्ला हृदय ले साथ र हौसला दिए । उप भनेको चुप लाग्नुपर्छ भन्ने दृष्टिकोणले जनतासँग सार्वजनिक सुनुवाई, जवाफदेहिता, पारदर्शीता, अर्थपुर्ण सहभागिताका कुरा ओझेलमा परे’ उनले भनीन ‘नेतृत्वको साघुरो सोच, एकतन्त्रिय कार्य शैलिले पालिकाको पद्वति धरापमा पर्ने र भष्टाचार मौलाउने गर्दछ । राज्यका प्रमुख अंग व्यवस्थापिका, कार्यपालिकामा बृहत् रूपमा छलफल, सर्वदलिय सर्वपक्षिय सरोकारवालाको रचनात्मक सुझावका आधारमा अगाडि बढ्न नसक्दा विकासमा ब्रेक लाग्ने सम्भावना प्रवल रहन्छ तसर्थ नेतृत्वले साघुरो घेरामा रहनुहुदैन सबै पक्षलाई समेटेर लैजान जरूरी देखिन्छ । जनप्रतिनिधि जनताको शासक नभई सेबक हुनुपर्छ ।’

उनले चुनौतिका बिच पनि आफूले थुप्रै काम गर्ने प्रयास गरेको बताइन् । ‘मेरो ल्याकतले भ्याए सम्म नगर भित्र सडक, पुल,नदि तटबन्धन, शुद्व खानेपानी, सिचाई, स्वास्थ्य, शिक्षा, विद्यालय भवन ,न्याय सम्पादन कार्य, अनुगमन,पर्यटन पुर्वाधार, भुमिहिन सुकुम्वासी र अव्यवस्थित बसोवासीको जग्गाको नापि कार्य, कृषिमा आधुनिकिकरण, पशुपालन लगायतका क्षेत्रमा विशेष कार्यक्रम संचालन गर्न विभिन्न दौडधुप र कठिनाइका बाबजुत मैले इमान्दारी पुर्बक प्रयास गरे’ उनले भनीन ‘खासगरी नगरलाई सुन्दर, सफा बनाउन र आम नागरिकलाई नगरपालिकाबाट प्रदान गर्नु पर्ने सेवा लाई मुस्कान सहितको छिटो, छरितो सेवा दिने प्रणाली विकास गर्न विभिन्न सरोकारवाला व्यक्तिहरु तथा कर्मचारी मित्रहरु संग बारम्बार छलफल र सहकार्य गर्ने कोसिस गरि रहे ।’

पदमा नभए पनि सक्रिय हुन्छु

उनले दोस्रो कार्यकालका लागि निर्वाचनमा पराजित भएपनि आफू पदमा नरहेर पनि सामाजिक काममा सक्रिय भएर लाग्ने बताएकी छिन । उनले नयाँ जनप्रतिनिधिलाई रचनात्मक सुझाब, सहयोग तथा मार्गनिर्देश गर्न पनि आफू सधै तत्पर रहने बताईन ।

‘बाँकी थुप्रै अधुरा कार्य खासगरी सुन्दर, सफा, समृद्ध नगर बनाउन र आम नागरिकलाई मुस्कान सहितको सेवा दिनेमा नवनिर्वाचित टिम लाग्नेछ भन्ने विश्वस्त छु’ उनले भनीन् ‘मैले सिकेको ज्ञान, शिप, प्राप्त अनुभव र नेटवर्कलाई हाम्रो गोदावरी नगर विकास र सम्पूर्ण नगरबासीहरुको सेवाका लागि पदमा नरहेपनि विभिन्न माध्यमबाट सक्रिय भई रहनेछु र नयाँ जनप्रतिनिधिहरुलाई रचनात्मक सुझाब, सहयोग तथा मार्गनिर्देश गर्ने हरेक प्रयास गरिरहनेछु भन्ने बिश्वास दिलाउछु ।’

उनले आफ्नो ५ वर्षिय कार्यकाल सहज बनाउन रातदिन नभनि सहयोग गर्नुहुने जनप्रतिनिधि, राष्ट्रसेवक कर्मचारी, सुरक्षाकर्मी, विविध राजनिक दलका नेता, कार्यकर्ता, समाजसेवि बुद्विजिवि वर्ग, संचारकर्मी र विविध संघसंस्था सबैलाई सधै सम्झी रहने बताएकी छिन ।

५ बर्षिय कार्यकालका हाम्रो टिमले गरेका केहि कार्यहरुः

  •  उजुरि दर्ताः ३७५ (मिलापत्र/मेलमिलाप :३५७), निर्णय भएको १८ प्रकृया रहेको : १८
  • उजुरीका प्रकृतिः जग्गा सम्वन्धी,महिला हिंशा,ज्याला मजदुरी,घरबहाल,लेनदेन,ध्वनि प्रदुषण,गालिगलौज,कुटपिट,ढलनिकास,बालि नोक्सानि,जेष्ट नागरिक पालनपोषण नपाएको,श्रीमान श्रीमती बिच विवाद आदि
  • न्याय सम्पादन ऐेन र मेलमेलाप केन्द्र व्यस्थापन कार्यविधि – २ वटा
  •  मेलमेलाप केन्द्र व्यवस्थापन – १२
  •  सुचिकृत मेलमेलापकर्ता संख्या – ७३ जना
  •  बन्द सुनुवाई कक्ष/ईजलास कक्ष व्यवस्थापन
  •  कर्मचारी व्यस्थापन
  •  ऐन नियम कानुन,निर्देशिका,कार्यविधि निर्माण – ५३ वटा
  •  प्राविधिक शिक्षा –३ विद्यालयमा ( JTA, Computer science, Sub overseer)
  •  बालविकास शिक्षक सपो्र्ट
  •  नगर शिक्षक व्यवस्थापन
  •  दिवा खाजा व्यवस्थापन
  •  छात्राहरूका लागि सेनेटरि प्याड व्यवस्थापन
  •  युवामैत्रि खेलकुद कार्यक्रम
  •  चक धुलो कालोपाटि मुक्त विद्यालय सेतोपाटिको प्रयोग
  •  अपांगता परिचय वितरण – करिव ७०० जना
  •  श्रमिक परिचय पत्र वितरण
  •  किसान परिचय पत्र वितरण प्रकृया शुरूवात
  •  जग्गा नापी शुरूवात
  •  विकट क्षेत्रमा अल्टासाउण्ड सेवा,एम्बुलेन्स सेवा सुचारू
  •  एक वार्ड एक उत्पादन कार्यक्रम विशेषगरी किसानका लागी
  •  कृषि पकेट क्षेत्र,कृषि आधुनिकिकरण र यान्त्रिकरण
  •  लक्षित समुदाय,युवा,महिला,अपांगता वर्ग,जेष्ठ नागरिक दलित वर्ग,गिट्टी कुट्ने समुदाय,मुक्त कमैया,एकल महिला आदिका लागी सिपमुलक,आयआर्जनमार्फत जिविकोपार्जनमा सुधार र सामाग्री सहयोग
  •  राजश्व सुधार कार्ययोजना निर्माण,करको दर स्थिर राखी दायरा फराकिलो बनाउदै उत्कृष्ट करदातालाई सम्मान कार्यक्रम
  •  महिला सम्मान तथा सासुबुहारी प्रोत्साहन कार्यक्रम
  •  किशोरीहरुका लागि आत्मरक्षा तालिम संचालन
  •  सुरक्षित मातृत्व/पौष्टिक आहार प्याकेज कार्यक्रम
  •  गोदावरी धाम,मष्टाधाम,नायल ताल,लामि ताललाई केही मात्रामा ब्यवस्थापन भएको
  •  पालिकाको प्रसासकिय भवन र वडा कार्यालय भवन निर्माण
  •  अनुगमन ( सबैको निगरानि र खबरदारीको जरूरी देखिन्छ )
  •  स्वास्थ्यमा सबैको पहँच पुर्याउने उद्देश्यले गाउँगाउँका विकट क्षेत्रमा १६ वटा स्वास्थ्य संस्था संचालनमा
  •  नयाँ सडक निर्माणः ५० किलोमिटर (२०७४ चुनावमा १२ घण्टा पैदल लाग्ने सल्लि नायल,फुलबस्तिमा बाटो पुर्याई यातायातको साधन सोहि स्थानमा पुग्ने गरेको )
  •  सडक कालो पत्रेः ५२ किलोमिटर
  •  झुलुगे पुल निर्माणः ४ वटा
  •  महिला,युवा,लक्षित समुदाय स्वरोजगारः ५८६० जना

भिडियो

प्रतिक्रिया दिनुहोस

Your email address will not be published.