खाेज्नुहाेस

गोदावरीको कार्यपालिकाले पायो पूर्णता, कांग्रेसको दुई तिहाइ बहुमत

Image

अत्तरिया – कैलालीको गोदावरी नगरपालिकाको कार्यपालिकाले पूर्णता पाएको छ । नयाँ जनप्रतिनिधि चुनिएको १५ दिनभित्र नै आफूहरुमध्येबाट निर्वाचित महिला सदस्य र दलित तथा अल्पसंख्यक समुदायबाट छुट्टै सदस्य छनोट गर्नुपर्ने प्रावधान अनुसार ५ जना महिला सदस्य र ३ जना दलित सदस्य छनोट गरिएपछि नगरपालिकाको कार्यपालिकाले पूर्णता पाएको हो । निर्वाचन अधिकृतको कार्यालय कैलालीले जनाए अनुसार गोदावरीका ५ महिला सदस्य र ३ दलित सदस्य निर्विरोध चयन भएका छन ।

नगरपालिकाको दलित वा अल्पसंख्यक सदस्य पदमा ३ जनाको मात्रै उम्मेदवारी परेकाले निर्विरोध निर्वाचित भएको घोषणा गरिएको छ । निर्विरोध निर्वाचित हुने तिनै जना नेपाली कांग्रेसका महादेव कामी, चन्द्रा देवी भूल र धनाी कामी रहेका छन । यसैगरी नगरपालिकाको महिला सदस्यमा पदमा पनि ५ जनाको मात्रै आवेदन परेपछि निर्विरोध निर्वाचित भएको घोषणा निर्वाचन अधिकृतको कार्यालयले गरेको छ ।

attariya hospital

निर्विरोध निर्वाचित हुने सबै महिला सदस्य पनि नेपाली कांग्रेसकै रहेका छन । निर्वाचित हुनेमा इश्वरा नेपाली, बसन्ती देवी थरुनी, शारदा देवी भट्ट, डम्बरी शाहु र इश्वरी रावल रहेका छन ।

navjiwan hospital

नगरपालिकामा नगरप्रमुखको अध्यक्षतामा नगर कार्यपालिका गठन हुने प्रावधान रहेको छ । जसमा उपप्रमुख, प्रत्येक वडाबाट निर्वाचित वडा अध्यक्ष, ५ जना महिला सदस्य र दलित वा अल्पसंख्यक समुदायबाट ३ जना सदस्य रहन्छन् ।

स्थानीय कार्यपालिकामा महिला उम्मेदवारहरु स्थानीय तहको निर्वाचन जितेर आएका मध्येबाटै छान्नुपर्ने व्यवस्था छ भने दलित वा अल्पसंख्यकको उम्मेदवार भने बाहिरबाट हुने तर उनीहरु सम्बन्धित गाँउ वा नगरपालिकाका मतदाता भने हुनुपर्ने प्रावधान छ । गोदावरीमा १२ वडा रहेकाले नगरप्रमुखको अध्यक्षतामा २२ सदस्यीय कार्यपालिका गठन भएको छ । जसमा नगरप्रमुख सहित कांग्रेसबाट १६ जना, एमालेबाट उपमेयर सहित ५ जना र वडा अध्यक्ष स्वतन्त्रबाट १ जना रहने छन । यसरी हेर्दा कार्यपालिकामा कांग्रेसको दुई तिहाइ बहुमत पुगेको छ ।

maya metro hospital

कार्यपालिकामा निर्विरोध निर्वाचित सदस्य सहित नेपाली कांग्रेबाट निर्वाचित मेयर बिरेन्द्र भट्ट, सहित वडा अध्यक्षहरु वडा नम्बर १ बाट गोपाल दत्त भट्ट, वडा नम्बर २ बाट यज्ञ बहादुर महरा, वडा नम्बर ३ बाट तेज राज अवस्थी, वडा नम्बर ४ बाट हेम प्रकाश मल्ल, वडा नम्बर ९ बाट राम लाल राना, वडा नम्बर १० बाट रबिन्द्र शाही र वडा नम्बर १२ बाट भीम बहादुर खड्का रहने छन ।

यस्तै एमालेबाट उपमेयर शारदा देवी रोकाया सहित वडा अध्यक्षहरु वडा नम्बर ५ बाट शुद्धि राम चौधरी, वडा नम्बर ६ बाट जग्गु राम चौधरी, वडा नम्बर ७ बाट कलावती साउँद र वडा नम्बर ८ बाट गोविन्द चौधरी रहने छन ।

Karma Consultancy

गोदवारीको वडा नम्बर ११ बाट भने स्वतन्त्र उम्मेदवार प्रेम सि बडैला विजयी भएका थिए । यद्दपी कांग्रेसबाट रुष्ट भएर स्वतन्त्र उम्मेदवारी दिएका बडैला हाल भने कांग्रेसमै सक्रिय रहेका छन ।