एमाले गोदावरीमा भाँडभैलो

अत्तरिया – स्थानीय चुनावमा नतिजा खस्किएपछि एमाले गोदावरी नगर कमिटी भित्रको विवाद सतहमा आएको छ । बैसाख ३० गते भएको स्थानीय चुनावमा अपेक्षा गरे भन्दा कमजोर नतिजा आएपछि नेता कार्यकर्ताहरु आरोप प्रत्यारोपमा उत्रिएका छन । नतिजा खस्कनुको कारण नेता कार्यकर्ताहरुले एक अर्कालाई लगाउन थालेपछि विवादले हात हालाहाल सम्मका घटना हुन थालेका छन ।

maya metro hospital

एमालेले स्थानीय चुनावमा मेयर उपमेयर सहित कम्तिमा ७ वडामा जित निकाल्ने आकलन गरेको थियो । २०७४ सालको चुनावमा एमालले मेयर उपमेयर सहित ६ वडा जितेको थियो । तर, यस पटकको चुनावमा भने एमाले ४ वडामा मात्रै सिमित भएर उपमेयर मात्रै जितेको छ ।

मेयरमा नेपाली कांग्रेसका विरेन्द्र भट्ट फराकिलो मतान्तरले विजयी भएपछि एमाले भित्र अहिले अन्तरघात भएको भन्दै चर्को आरोप प्रत्यारोप हुन थालेको छ । नगरका नेता कार्यकर्ता अहिले दुई खेमामा विभाजन भएर आरोप प्रत्यारोपमा उत्रिएका छन । मेयरमा पराजित भएका गोकर्ण भट्टले हारको कारण पार्टी भित्रको अन्तरघात भएको भन्दै सार्वजनिक रुपमै बोल्न थालेपछि इतर पक्ष चिडिएको छ । एमाले नगर कमिटीका अध्यक्ष समेत रहेका मेयरका उम्मेदवार भट्टले एमाले गोदावरी नगर कमिटीका इचार्ज सहितको समुहले अन्तरघात गरेर आफूलाई पराजित गरेको आरोप लगाएका छन ।

attariya hospital

सोहि विवादले उग्र रुप लिएपछि शनिबार एमाले नगर कमिटीले राखेको समिक्षा बैठकमा कुटाकुट नै भएको थियो । कुटाकुटमा एमालेका नगर कमिटी इचार्ज सहीत केही कार्यकर्ता घाइते भएका छन । उक्त विवाद इलाका प्रहरी कार्यालय मालाखेतीमा समेत पुगेको छ । इन्चार्ज भट्ट पक्षले डर धम्की देखाएर कुटपिट गरेको भन्दै प्रहरीमा उजुरी पेश गरिएको भएपनि आइतबार साँझ सम्म कुनै पनि पक्ष सम्पर्कमा नआएको ईलाका प्रहरी कार्यालय मालाखेतीका प्रहरी प्रमुख डिएसपी रविन्द्रराज पाण्डे बताएका छन । उनले मेयरका उम्मेदवार भट्ट सहितलाई दोषी देखाई उजुरी परेको बताए ।

उता मेयरका उम्मेदवार भट्टले भने समिक्षा कार्यक्रममा आफूले समापन गर्दा बोलेका कुरालाई लिएर नाराजाबी गरिएपछि बिवाद भएको बताए । ‘म कार्यक्रम समापन गरेपछि बाहिर निस्किहाले । त्यहाँ पछि नाराबाजि भएको रहेछ । हातपात पनि भएको भन्ने सुने । आनन्द भट्टले अराजकबाद मुर्दाबाद भनेर नारा लगाएपछि उत्तेजित भएको भन्ने सुनेको थिए’ उनले भने ‘हलभित्र के भयो भन्ने मैले देखेन तर, पछि मेरो नाममा पनि प्रहरीमा उजुरी गएको सुने ।’

उनले कार्यक्रम समापन पछि बोल्न खोज्ने आनन्द भट्ट नै अराजक भएको बताए । उनले अन्तरघाट भएको बिषयमा तथ्य सहित बोलेको बिषयमा विवाद सृजना गरिएको बताए । ‘मैले अन्तरघाट गर्नेलाई जबसम्म कारबाही हुँदैन । तबसम्म पार्टीको जिम्मेवारीमा रहदैन भनेर मैले हिजो हलबाट नै भनिसकेको छु’ उनले भने ‘अब यस विषयलाई कसरी सुल्झाउने त्यो नगर भन्दा माथिका निकायले सुल्भाउलान ।’

इचार्ज आनन्द भट्ट पक्षका नेताहरुले भने आरोर लगाएपछि समिक्षा बैठकमा खण्डल गर्न पाउनु पर्छ भन्दा विवाद सृजना भएको बताए । ‘यो अराजकता राम्रो होइन भन्दा हितेस ओझा, गोकर्ण भट्ट लगायतको टिमले बाहिरबाट आक्रमण गर्न मान्छे पठाए’ एमाले गोदावरीका नेता गणेश महराले भने ‘प्रहरीमा दिएको निवेदनमा पार्टीभित्रको आन्तरिक छलफल पछि सहमति नजुटे कानुनी प्रक्रियामा जान्छौ ।’

उनले हलमा भएको कुटपिट पछि पनि आफ्ना पक्षका कार्यकर्ता माथि कुटपिट भएको बताए । उनले राजनीतिक समस्या भएकाले तत्काल राजनीतिक रुपमै समस्या सामाधान गर्न लागिएको बताए ।

प्रतिक्रिया दिनुहोस

Your email address will not be published.