पदभार समालेकै दिन एक्सनमा उत्रिए गोदावरीका मेयर

अत्तरिया – कैलालीको गोदावरी नगरपालिकाका नगर प्रमुख बिरेन्द्र भट्ट र उपप्रमुख शारदा रोकायाले शुक्रबार पदभार ग्रहण गरे । बिहिबार पद तथा गोपनियताको सपथ खाएका दुवैजनाले दिउँसो डेढ बजे पदभार ग्रहण गरेका थिए । पदभार ग्रहणका क्रममा मेयर भट्टको कार्यकक्षमा स्वागत तथा बधाई दिनेको भिडभाड लागेको थियो । करिब आधा घण्टा जती मात्रै कार्यकक्षमा बसेका उनी भिडको वास्ता नगरी सिधै बाहिर निस्किए ।

maya metro hospital

उनी पदभार ग्रहण पछि नगरपालिकाका सबै शाखामा गएर परिचायात्मक कार्यक्रम गरी उपमेयर रोकया सहित लामो समय देखि निर्माण सम्पन्न हुन नसकेको नगरपालिकाको भवन निर्माण स्थलमा पुगे । गोदावरी नगरपालिका – २ मा निर्माणाधिन नगरपालिका कार्यालयको भवनको करिब २ महिना अगाडी निवर्तमान मेयर हरी सिह साउँदले उद्घाटन गरेका भएपनि भवनको निर्माण कार्य सम्पन्न हुन सकेको छैन ।

२०७६ साल मंसिर २० गते देखि निर्माण सुरु गरिएको भवन हालसम्म पनि सम्पन्न हुन नसक्नुकोे कारण बुझ्न भवन निर्माण स्थलमा पुगेका मेयर भट्टले निर्माण कम्पनीलाई तिब्र गतिमा काम सक्न निर्देशन गरे । एशियाली विकास बैंकको सहयोगमा क्षेत्रीय सहरी विकास आयोजना कार्यान्वयन इकाई मार्फत निर्माण भइरहेको भवनको निर्माणका लागि एम÷एस शर्मा एण्ड कम्पनीसंग १० करोड ३८ लाख ६ हजार ८ सय १५ रुपैयाँमा ठेक्का सम्झौता भएको थियो । तर, भवन सुरुदेखि नै सुस्त गतिमा निर्माण भएको भन्दै चर्को आलोचना हुँदै आएको छ ।

attariya hospital

भवन निर्माणको अवस्थाबारे जानकारी लिएर मेयर भट्ट गोदावरी नगरपालिका मातहतमा रहेको एक मात्र अस्पताल मालाखेती पुगे । जहाँ उनले सो अस्पतालमा भएको हालको अवस्थाका बारेमा कर्मचारी मार्फत जानकारी लिएका थिए । मालाखेती अस्पताल दरबन्दी अनुसारका कर्मचारी नहुँदा हाल सो क्षेत्रका जनताले पुर्ण रुपमा सेवा पाउन सकेका छैनन् । अस्पताल हाल निमित्तको भरमा संचालमा रहेको छ । अस्पतालका सबैजसो समस्याका बारेमा जानकारी लिएका भट्टले आफूले छिटै यसको सामाधान खोज्ने आश्वासन दिए ।

पदभार ग्रहणको दुई घण्टा पछि कार्यालयमा फर्किएका मेयर भट्टले पदभार ग्रहण गर्ने बेलामा पहिलो प्राथमिकता दिने भनेका शिक्षा, स्वास्थ्य र कृषिको अवस्थाका बारेमा जानकारी लिन तिन वटै शाखा प्रमुखकालाई आफ्नो कार्यकक्षमा बोलाए । र, तिन वटै शाखामा हाल भइरहेका काम, समस्या र आगामी दिनमा के के काम गर्न सकिन्छ भन्ने बारेमा छलफल गरेका थिए । उनले तिनै शाखा प्रमुखलाई भेटेर शाखाका कामलाई प्रभावकारी बनाउन आगामी दिनका के–के काम गर्न सकिन्छ भनेर योजनाबद्ध रुपमा अगाडी बढ्न पनि निर्देशन दिए ।

१ घण्टा कार्यकक्षमा छलफल गरेका मेयर भट्ट पुनः सुदूपश्चिमको एक मात्रै अपाङ्गता भएका विद्यार्थी अध्ययन गर्ने सुदूरपश्चिम समावेशी विद्यालयमा पुगे । त्यहाँ पुगेर उनले विद्यालयको अवलोकन गर्नुका साथै विद्यालयमा भएका समस्या सुने । पहिलो प्राथमिकता दिने भनेको शिक्षा क्षेत्रका समस्या सुन्न विद्यालयमा पुगेका मेयर भट्टले विद्यालयका समस्या बारेमा आगामी दिनमा वितृत रुपमा छलफल गरेर अगाडी बढ्ने प्रतिवद्धता गरेका थिए ।

छलफल कार्यक्रममा विद्यालयका संस्थापक अध्यक्ष मान बहादुर साउँदले विद्यालयका समस्याका बारेमा मेयर भट्टलाई जानकारी गराएको थिए । हाल सो विद्यालयमा कक्षा ७ सम्म अध्ययन हुँदै आएको छ ।

उक्त विद्यालयमा सुदूरपश्चिमका ९ जिल्ला सहित हुम्ला र मुगुका गरी अपाङ्गता भएका ६० जना विद्यार्थी अध्ययनरत रहेको छन । उनीहरु सबै आवासीय सुविधा सहित विद्यालयमा (बाँकी पृष्ठ ३ मा) अध्ययनरत रहेका छन । मेयर भट्टले मुख्य रुपमा नगरपालिकामा आउने सेवाग्राहीलाई सेवा दिन भवनकै समस्या भएकाले सुरुमा भवनको अवलोकन गरेर भवनको काम समयमा सक्नका लागि आवश्यक निर्देशन दिएको बताए ।

उनले गोदावरीका विकट क्षेत्रका जनताले सेवा लिने मालाखेती अस्पताललाई सुधार गर्नको लागि त्यसको अवस्था बुझ्न मालाखेती अस्पतालमा पुगेको बताए । ‘अस्पतालमा डाक्टर हुँदा पनि त्यहाँ डाक्टर नरहेको अवस्था देखियो’ उनले भने ‘त्यसको समस्या सामाधानका लागि हाम्रो ध्यान गएको छ । बिरामीहरुले पनि राम्रोसंग सेवा नपाइरहेको देखिएकाले त्यसका लागि हामीले संबेदनशिल हुनुपर्ने देखिएको छ ।’

उनले आगामी दिनमा डे टु डे जनचाहना, जनअपेक्षा अनुसार काम हुने बताए । उनले समस्या चाडो भन्दा चाडो सामाधान गर्ने गरी काम अगाडी बढाउने बताए । कार्यक्रम मुखि भन्दा पनि जनतामुखि कामलाई पहिलो प्राथमिकता दिने उनले बताए ।

यस्तै उपप्रमुख रोकायाले समग्र गोदावरीको विकासका लागि आफू लागि पर्ने बताईन् । उनले बिशेष गरेर महिला दिदीबहिनीहरुको समस्या सामाधान हुने गरी काम गर्ने बताईन् ।

‘भौतिक विकास बर्षौ देखि गरिदै आएको छ’ उनले भनीन् ‘मैले भौतिक विकास संगै मानविय विकासमा मेरो जोड हुने छ । मैले न्याय सम्पादन गर्दा पनि दुवै पक्षलाई जितको महशुस हुन गरी काम गर्ने छु ।’

 

lotus add
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.