अत्तरिया – अछामको चौरपाटी गाउँपालिकाको अध्यक्षमा नेपाली कांग्रेसका उम्मेदवार भिम साउद निर्वाचित भएका छन ।

निकटतम प्रतिद्धन्द्धी नेकपा एमालेका राम आउजीलाई १ हजार ४ सय ७६ को फराकिलो मत अन्तरले पराजित गर्दै साउँद अध्यक्षमा निर्वाचित भएका हुन ।

साउँदले ३ हजार ९ सय ८२ मत पाएका थिए भने उनका प्रतिद्धन्द्धी एमालेका आउजीले २ हजार ५ सय ६ मत प्राप्त गरेका थिए । गत स्थानिय तहको निर्वाचनमा १ मतले पराजित भएका साउँद अहिले भारी मतका साथ अध्यक्षमा विजयी भएका हुन ।















