खाेज्नुहाेस

डडेल्धुरा अस्पतालमा ‘हिस्टो प्याथोलोजी’ सेवा सुरु

Image

डडेल्धुरा – डडेल्धुरा अस्पतालमा ‘हिस्टो प्याथोलोजी’ सेवा सुरु भएको छ । क्यान्सर रोग पत्ता लगाउनका लागी जाँच गर्न अस्पतालले उक्त सेवा सुरु गरेको हो ।

अस्पतालको ल्याबमा उक्त जाँच गर्ने मेसिन राखिएसँगै सेवा सुरु भएको प्याथोलोजिस्ट डा. रतन शाहले बताए । क्यान्सर हुनसक्ने विशेष दागहरु र शरिरका विभिन्न अंगमा संक्रमणहरु थाहा पाउन उक्त सेवाले मद्दत पुग्ने डा. शाहले बताए ।

attariya hospital
navjiwan hospital

उनले उक्त सेवा प्रदेशमै पहिलोपटक डडेल्धुरा अस्पतालमा सुरु भएको समेत बताए । हिस्टो प्याथोलोजी सेवाका लागि परीक्षण सफल भएको र अब सेवाग्राहीको जाँच सुरु गरिने बताइएको छ ।

यो सेवा नहुँदा डडेल्धुरासहित पहाडी जिल्लाका विरामीले महंगो शुल्क तिरेर काठमाडौं अथवा भारत धाउनुपर्ने बाध्यता थियो ।