खाेज्नुहाेस

गोदावरीको मेयरका स्वतन्त्र उम्मेदवार टेक बिकद्वारा चुनावी घोषणापत्र सार्वजनिक

Image

अत्तरिया – कैलालीको गोदावरी नगरपालिकाको मेयरको स्वतन्त्र उम्मेदवार टेक विकले आफ्नो चुनावी घोषणा पत्र सार्वजनिक गरेका छन । बुधबार अत्तरियामा पत्रकार सम्मेलनको आयोजना गर्दै बिकले आफ्नो ३७ बुदे घोषणा पत्र सार्वजनिक गरेका हुन ।

उनले घोषणा पत्रमा हाम्रो, राम्रो र सुन्दर नगरपालिका निर्माणको लागि सम्पुर्ण गोदावरी बासी परिचालन गर्ने, एक वडा एउटा नमूना विद्यालयको स्थापना गरी हरेक विद्यालयमा गुणस्तरीय तथा निःशुल्क शिक्षाको सुनिश्चिता कायम गर्ने, उच्च शिक्षाका लागि गरिव, दलित, विपन्न परिवारका विद्यार्थीका लागि छुट्टै छात्रवृति मेयरकोष स्थापना गर्ने कार्यक्रम रहेका छन ।

attariya hospital

उनले घोषणा पत्रमा नगरपालिका भित्रका प्रत्येक युवा तथा नागरिकलाई उत्पादन संग जोड्ने, परम्परागत सिपलाई स्तरोन्नती र अधुनिकरण गरी व्यवसायीक रुपमा अगाडी बढाउने, अति विपन्न, गरिव, असक्त, अपाङ्ग तथा दिर्घरोगीहरुको सम्पुर्ण उपचारको लागि मेयर स्वास्थ्य कोष स्थापना गर्ने, गोदावरी, मछेली लगाएतका नदीहरुमा सबै धर्मालम्बीहरुका लागि व्यवस्थित आर्यघाटको व्यवस्थापन गर्ने, नगरको प्रशासनिक खर्च घटाई विकास खर्च बढाउने लगायतका योजना उनको घोषणा पत्रमा समेटिएका छन ।

navjiwan hospital

यस्तो छ घोषणा पत्र

भिडियो