खाेज्नुहाेस

कैलालीका उम्मेदवारहरूले बुझाएनन् निर्वाचनमा प्रयोग गर्ने सवारी विवरण

Image
navjiwan hospital

धनगढी – आगामी स्थानीय तह निर्वाचनमा कैलालीका उम्मेदवारहररूले प्रयोग गर्ने सवारी साधानको विवरण निर्वाचन अधिकृतको कार्यालयमा अझैसम्म बुझाएका छैनन् । उम्मेदवारले घरदैलो तथा प्रचारका लागि प्रयोग हुने सवारी साधनको विवरण सम्बन्धित पालिकाकास्थित निर्वाचन अधिकृतको कार्यालयमा बुझाउनु पर्ने कानूनी व्यवस्था छ । तर, कैलालीमा भने शनिबारसम्म त्यस्ता सवारीको विवरण बुझाउने उम्मेदवार शून्य छन् ।

कैलालीका मुख्य निर्नचन अधिकृत जयानन्द पनेरुका अनुसार उम्मेदवारी मनोनयनकै क्रममा उम्मेदवारले आफूले प्रयोग गर्ने सवारीको विवरण बुझाउनु पर्छ । ‘एउटा उम्मेदवारले दुई वटासम्म सवारीसाधन चुनावी प्रचारप्रसार प्रयोजना लागि प्रयोग गर्न पाउने व्यवस्था छ,’ मुख्य निर्वाचन अधिकृत पनेरुले भने, ‘तर कैलालीमा एक जना उम्मेदवारले पनि त्यस्तो विवरण बुझाएका छैनन्, यसले अनुगमन तथा सुरक्षा कार्यलाई समेत प्रभावित पर्नेछ ।’

attariya hospital