अछाम – सत्तारुढ गठबन्धनमा कांग्रेसले ईमान्दारीता नदेखाएको आरोप लागेको छ । नेकपा एकीकृत समाजवादी पार्टीका केन्द्रीय सदस्य तथा सुदूरपश्चिम प्रदेश कमिटी उपाध्यक्ष शेरबहादुर कुँवरले यस्तो आरोप लगाएका हुन ।

उनले आसन्न स्थानीय तहको निर्वाचनका लागि गठबन्धनमा समाजवादी पार्टीले हदैसम्मको लचकता अपनाए पनि काँग्रेसले इमानदारिता नदेखाएको बताए । उनले काँग्रेस चेन अफ कमाण्डमा नचल्दा तालमेल हुन नसकेको बताए । कांग्रेसकै कारण समाजवादी र माओवादी पार्टीले आ–आफ्नै हिसाबले उम्मेदवारी दर्ता गरेको उनले बताए ।

गठबन्धन भनेको लिने र दिने भए पनि काँग्रेसले त्यसलाई स्वीकार गर्न नसक्दा अछाममा त्यसको असर परेको उनको भनाई छ । उनले आफू पार्टीको नीति र विचारमा अघि बढ्ने बताए ।
अछाममा सत्तारुढ दलबीच पालिकाको सिट भागबण्डा नमिलेपछि नेपाली काँग्रेस, माओवादी केन्द्र र एकीकृत समाजवादी पार्टी आ–आफ्नै हिसाबले चुनाव अभियानमा छन् ।

















