अत्तरिया – कैलालीको गोदावरीमा एक पुरुष मृत फेला परेका छन । गोदावरी नगरपालिका – ४ बन्देगाडाका ४० बर्षीय वीरबहादुर रोकामगर मृत फेला परेका हुन ।

रोकामगरको शव घर नजिकैको राजिताल सामुदायिक वनको गैराखोलामा मृत फेला परको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ ।

घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

















