खाेज्नुहाेस

मेयरमा उम्मेदवारी दिएका गायक तिमिल्सिना भोट माग्नमा व्यस्त

Image

अछाम – अछामको पञ्चदेवल विनायक नगरपालिकाको मेयरमा स्वतन्त्र उम्मेदवारी दिएका गायक टंक तिमिल्सिना भोट माग्नमा व्यस्त छन । उनी यही वैशाख ३० गते हुने स्थानीय तहको चुनावमा मेयरमा प्रतिस्पर्धा गर्दैछन् । यति बेला उनी आफ्नो चुनावी प्रचारप्रसारमा व्यस्त बनेका हुन् । तिमिल्सिनाले तीन सयभन्दा बढी लोक र देउडा गीत गाइसकेका छन् । तिमिल्सिना पञ्चदेवल विनायक नगरपालिका–१ का वासिन्दा हुन् । उनी एक दशकदेखि नेपाली सांगीतिक क्षेत्रमा सक्रिय छन् ।

स्वतन्त्र उठेर मेयरमा जित्ने आशाका साथ भोटका यतिबेला उनी दौडधूप गरिरहेका छन् । जनताको घरदैलो पुगेर तिमिल्सिनाले भोट मागिरहेका हुन् । उनले सांगीतिक क्षेत्रमा राम्रै चर्चा कमाएका छन् । गीतसंगीतका साथै उनी समाजसेवाका क्षेत्रमा पनि सक्रिय छन् । पञ्चदेवल विनायक नगरपालिकाको विकासका लागि आफ्नो छुट्टै योजना रहेको तिमिल्सिना बताउँछन् । ‘राष्ट्रिय स्तरमै सबैको मन जिती पञ्चदेवल विनायक नगरपालिकालाई नमुना नगरपालिकाको रूपमा स्थापित गर्ने योजनामा छु,’ उनले भने ।

attariya hospital

उनी आजसम्म कुनै पार्टीमा आवद्ध छैनन् । नगरको विकासका लागि भन्दै स्वतन्त्र उम्मेदवारी दिएसँगै उनले प्रशंसा पनि बटुलिरहेका छन् । उनले भने, ‘नगरबासीले नयाँ विकल्प खोजिरहेका थिए । म विकल्पको रूपमा प्रस्तुत भएको हुँ । मलाई सबैले साथ दिन्छन् भन्नेमा ढुक्क छु ।’ स्वतन्त्र उठेर मेयरमा जित्ने आशाका साथ भोटका लागि यतिबेला उनी दौडधूप गरिरहेका छन् । जनताको घरदैलो पुगेर तिमिल्सिनाले भोट मागिरहेका हुन् ।

navjiwan hospital

उनको कुनै राजनीतिक पृष्टभूमि छैन । अघिल्लो दुई तिहाइको स्थानीय सरकारमा पञ्चदेवल विनायक नगरपालिकामा बढ्दो भ्रष्टचारका कारण आफूले स्वतन्त्र उम्मेदवारी दिएको बताए । उनले भने, ‘पञ्चदेवल विनायक नगरपालिकामा १७ करोड बेरूजु छ । नगरका आधा मानिस पलायन भएका छन् । मलामी जाने मान्छे समेत पनि छैनन् । तिनलाई रोक्ने कसले ? विकासको नाममा सस्तो डोजर चलाएर गाउँलाई ध्वस्त पारेका छन् । केही नयाँ तरिकाले नेपालकै नमुना नगरपालिका बनाउने र भ्रष्टचारलाई रोक्ने प्रतिबद्धताका साथ म स्वतन्त्र उम्मेदवारी दर्ता गराएको हुँ ।’

स्वतन्त्र मेयर जित्न सक्नुहुन्छ त भन्ने प्रश्नमा उनले जित्ने आत्मविश्वास सुनाए । उनले भने, ‘१५ हजार ८ सय २० भोटर छन् हाम्रो नगरपालिकामा । पाँच उम्मेदवार छन् । स्वतन्त्रबाट म एक्लो छु । कम्तीमा पनि ३५ सय भोट ल्याइयो भने जितिन्छ । तर, ४ हजार बोट ल्याउने सम्भवानाका साथ दौडधूप गरेको छु ।’

तिमिल्सिनाले नगरभित्र २ वटा आधारभूत स्वास्थ्य सेवा केन्द्र, प्रयोगशाला स्थापना, गर्भपतिलाई निःशुल्क क्यालसियम चक्की वितरण, जेष्ठ नाागरिकलाई निःशुल्क स्वास्थ्य सेवा, स्थानीय स्तरमा उच्च शिक्षा, स्वास्थ्य बिमामा १ सय प्रतिशत अनुदान उपलब्ध गराउने, ५० बेडको अस्पातल निर्माण गर्ने र जेष्ठ नागरिकलाई हेरबिचार केन्द्रमार्फत निःशुल्क, निःशुल्क एम्बुलेन्स सेवा, सामाजिक सुरक्षा भत्ता, बेरोजगार युवायुवतीलाई मासिक ५ हजार बेरोजगार भत्ता उपलब्ध गराउने तथा लोक कल्याणकारी कार्यक्रम सञ्चालन गर्ने प्रतिबद्धताका साथै, पन्चदेवल विनायक नगरपालिकालाई स्मार्ट नगरको रूपमा विकास गर्ने उनको घोषणा पत्रमा रहेको छ ।

उनको कुनै राजनीतिक पृष्टभूमि छैन । अघिल्लो दुई तिहाइको स्थानीय सरकारमा पञ्चदेवल विनायक नगरपालिकामा बढ्दो भ्रष्टचारका कारण आफूले स्वतन्त्र उम्मेदवारी दिएको उनले बताए । सुदूरको ठाडी भाका, देउडा, लोकदोहोरी र व्यावसायिक गीत गाउँदै आएका टंकका ‘चल्यो बतास’, ‘क्या खत्रा थियो जोक’, ‘तिमी जे सुकै गर’, ‘हुक्का बार’, ‘साली–भेना’ जस्ता दर्जनौ गीत हिट छन् । टंक तिमिल्सिना नामको युट्युबमा साढे ६ लाख सब्स्क्राइबर छन् भने उनका आधा दर्जन गीत करोड क्लबमा छन् ।