खाेज्नुहाेस

गोदावरीको उपमेयरकी उम्मेदवार खड्का भन्छिन :  म माओवादी केन्द्र मै छु, एमाले प्रवेश गरेको छैन

Image

अत्तरिया – नेकपा माओवादी केन्द्रबाट गोदावरी नगरपालिकाको उपमेयरकी उम्मेदवार रिता खड्काले आफू माओवादी केन्द्रमै रहेको बताएकी छिन । उनले आफू एमाले प्रवेश गरेको भन्ने कुरा भ्रमपुर्ण भएको बताएकी छिन ।

शुक्रबार एक प्रेस विज्ञप्ती जारी गर्दै उनले केही विकास योजनाका बारेमा छलफल गरिरहेको बेला एमालेका कार्यकर्ता आएर भ्रममा पार्ने प्रयास गरेको बताएकी छिन ।

attariya hospital
navjiwan hospital

‘मेरो घरबस्ती नजिकै दिदीबहिनीलाई भेला गराई केही विकासका कार्यहरुको बारेमा छलफल गर्ने भनी जमघट भएको बेला नेकपा एमालेका कार्यकर्ता आई अत्तरियामा गएर छलफल गरौं  भनी भ्रममा पारेर त्यहाँ आकस्मीक पार्टी प्रवेश गराउने षडयन्त्र भएकोले म सम्पूर्ण नेकपा माओवादी केन्द्र संग आवद्ध नेता कार्यकर्तालाई म नेकपा माओवादी केन्द्रमै रहेको व्यहोरा जानकारी गराउँदै यस्ता भ्रममा नपर्न सम्पूर्ण कमरेडहरुमा अपिल गर्दछु’ विज्ञप्तीमा भनिएको छ । उनले आफू एमालेमा प्रवेश नगरेको र माओवादीमै रहेको बताएकी छिन ।

खड्का माओवादी गोदावरी नगरपालिका – ३ की वडा सहसचिव समेत रहेकी छिन ।

सम्बन्धित समाचार  : उपमेयरकी उम्मेदवार एमाले प्रवेश प्रकरणमा आन्तरिक षड्यन्त्र भएको माओवादी गोदावरीको ठहर