अत्तरिया – बैशाख ३० गते हुने चुनावका लागि नेकपा माओवादी केन्द्रबाट उपमेयरमा आफ्नो उम्मेदवारी दर्ता गराएकी रिता खड्का नेकपा एमाले प्रवेश गरेकी छिन । उनलाई एमाले सचिव लेखराज भट्टले एमाले प्रवेश गराएका हुन ।
खड्काले बैसाख १२ गते निर्वाचन अधिकृतको कार्यालयबाट उपमेयरमा आफ्नो उम्मेदवारी गर्दा गरेकी थिइन ।


गोदावरीमा नेपाली कांग्रेस, नेकपा माओवादी र एकीकृत समादवादी बिच गठबन्धन भएर कांग्रेसले मेयर र समाजवादीले उपमेयरमा उम्मेदवार उठाउने सहमति भएपनि उक्त सहमति बिपरित माओवादीबाट खड्काले उपमेयर उम्मेदवारी दर्ता गराएकी थिइन ।
उता माओवादी गोदावरी नगर कमिटीले भने वडा सदस्यको टिकट दिएकी खड्कालाई पार्टी भित्रबाट नै सडयन्त्र गरेर उपमेयरमा उठाइएको जनाएको छ ।
माओवादी नगर कमिटी अध्यक्ष धर्म सिह कुँवरले खड्कालाई वडा नम्बर ३ को वडा सदस्यको टिकट दिएको भएपनि ठूलो सडयन्त्र गरेर उपमेयरमा उठाइएको बताए ।
‘मनोनय दर्ता गर्ने समय सकिनै लागेका बेला सडयन्त्र पूर्ण तरिकाले उपमेयरमा उठ्न लगाइएको रहेछ’ उनले भने ।



















