खाेज्नुहाेस

गोदावरीको मेयर, उपमेयर र अध्यक्षमा ४५ प्रतिशत युवाको उम्मेदवारी

Image

अत्तरिया – कैलालीको गोदावरी नगरपालिकाको मेयर उपमेयर र वडा अध्यक्षमा गरी ४५ प्रतिशत युवाको उम्मेदवारी परेको छ । नगरपालिकाको मेयरमा ९ जना, उपमेयरमा ५ जना र वडा अध्यक्षका लागि ६९ गरी ८३ जनाको उम्मेदवारी परेकोमा त्यसमध्ये ३७ जना युवा रहेका छन ।

मेयरमा ३ जना युवाको उम्मेदवारी परेको छ । जसअन्तरगत राष्ट्रिय प्रजातन्त्र पार्टीबाट ३८ बर्षीय दुर्गा कुमार पोखरेल, राष्ट्रिय जनमुक्ती पार्टीबाट ३४ बर्षीय राम बहादुर रावल र स्वतन्त्रबाट २८ बर्षीय मिने मल्लले उम्मेदवारी दिएका छन ।

attariya hospital
navjiwan hospital

उपमेयरमा पनि ३ जना युवाको उम्मेदवारी परेको छ । जसमा नेकपा एकीकृत समाजवादीबाट ४० बर्षीय रत्ना कडायत, राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) बाट ३४ बर्षीय खेमा देबी बिष्ट, नेकपा माओवादी केन्द्रबाट २८ बर्षीय रिता खड्काको उम्मेदवारी परेको छ ।

त्यस्तै वडा अध्यक्षहरुमा पनि ३१ जना युवाको उम्मेदवारी परेको छ । जसअन्तरगत युवा उम्मेदवारमा वडा नम्बर १ मा राप्रपा ३७ बर्षीय खगेन्द्र नाथ योगी र स्वतन्त्रबाट ३९ बर्षीय भिम बहादुर बलायर, वडा नम्बर २ मा माओवादीबाट ३३ बर्षीय धर्म सिह कुँवर, राप्रपाबाट २९ बर्षीय शेर बहादुर शाही र विवेकशीलबाट ३२ बर्षीय सुकदेव सीह, वडा नम्बर ३ मा एमालेबाट ३१ बर्षीय पदम राज भट्टराई, माओवादीबाट ३० बर्षीय महेश बिष्ट र राप्रपाबाट २९ बर्षीय प्रविन कुँवर, वडा नम्बर ४ मा एमालेबाट ३४ बर्षीय भिष्म राज सुवेदी, राप्रपाबाट २७ बर्षीय बिराज बिष्ट र स्वतन्त्रबाट २४ बर्षीय भुवन महरा, वडा नम्बर ५ मा एमालेबाट ३५ बर्षीय शुद्धि राम चौधरी, माओवादीबाट ३२ बर्षीय चन्द्र कान्त भट्ट, राप्रपाबाट २९ बर्षीय हिमाल शाह, स्वतन्त्रबाट २८ बर्षीय खुस्बु राना र ३७ बर्षीय भुवन प्रसाद पाठक र वडा नम्बर ६ मा नेपाली कांग्रेसबाट ३६ बर्षीय जय राज फुलारा र माओवादीबाट ३५ बर्षीय लक्ष्मी राज भट्टको उम्मेदवारी परेको छ ।

त्यस्तै वडा नम्बर ७ मा माओवादीका ३३ बर्षीय सुसी राम चौधरी, वडा नम्बर ८ मा माओवादीकै ३९ बर्षीय राम प्रसाद चौधरी, वडा नम्बर ९ मा राप्रपाबाट ३५ बर्षीय हेम बहादुर चन्द र स्वतन्त्रबाट ३४ बर्षीय बिष्णु भण्डारी, वडा नम्बर १० मा नेपाली कांग्रसबाट ३० बर्षीय रबिन्द्र शाही र राप्रपाबाट २९ बर्षीय नव राज जोशी, वडा नम्बर ११ मा एमालेबाट ३६ बर्षीय भिम बहादुर बिक, समाजवादीबाट ३७ बर्षीय शिव बहादुर विक, राप्रपाबाट २९ बर्षीय चन्द्र सिह कडायत र राष्ट्रिय जनमोर्चाबाट २७ बर्षीय गोविन्द विक र वडा नम्बर १२ मा समाजवादीबाट ३८ बर्षीय कृष्ण बहादुर विक, जनमोर्चाबाट ३९ बर्षीय जय बहादुर विक र राप्रपाबाट २९ बर्षीय तिलक बहादुर साउँद युवा उम्मेदवार रहेका छन ।