खाेज्नुहाेस

निड्सद्धारा कञ्चनपुरमा सञ्चालित पुनरोत्थान परियोजना कार्यक्रमको अनुगमन 

Image

विकास सिह महता/ कञ्चनपुर – कोभिड– १९ बाट प्रभावित समुदायहरुको लागि पुनरोत्थान  (रिकोभर)   परियोजना  अन्तर्गत भीमदत्त नगरपालिका स्तरीय परियोजना सल्लाहकार समितीको बैठक, अनुगमन तथा समिक्षा कार्यक्रम सम्पन्न भएको छ ।

मंगलबार एलडब्लुआरको आर्थिक तथा प्राविधिक सहयोग, निड्स नेपालको सहकार्यमा सञ्चालित पुनरोत्थान कार्यक्रमको समिक्षा गरिएको हो ।

attariya hospital

समिक्षा कार्यक्रममा परियोजना संयोजक बिनोद सिंह कडराले पुनरोत्थान कार्यक्रम अन्तरगत भएका कार्यको बारेमा जानकारी गरिएका थिए ।

सोही कार्यक्रमका सहभागिहरुले पुनरोत्थान परियोजना अन्तर्गत भीमदत्त नगरपालिकामा संचालित योजनाको अनुगमन समेत गरिएको छ ।  जसमा गड्डाचौकी हेल्थ डेस्क, स्वास्थ्य चौकी जिमुवा र भीमदत्त नगरपालिका –.१९ मा रहेको कृषक समुहमा अनुगमन गरेको परियोजना संयोजक कडाराले बताए ।

navjiwan hospital

निड्स नेपालले कोभिड नियन्त्रण र त्यसबाट प्रभावित समुदायको आर्थिक, समाजिक पुर्नत्थानका लागि ‘कोभिड १९ बाट प्रभावित समुदायको पुनरोत्थान परियोजना कार्यक्रम अन्र्तरगत गड्डाचौकीमा होल्डिङ्ग सेन्टर निर्माणदेखि स्वाथ्य सुरक्षा समाग्री वितरण र कोभिडका कारण विदेशबाट रोजगारी गुमाएका र विपन्न मजदुरलाई कृषि, स्वास्थ्यमा सहयोग गरेको थियो ।

निड्स नेपाल कोभिड–१९ बाट प्रभावित समुदायको पुनरोक्थान  परियोजना संयोजक बिनोद सिंह कडाराले परियोजनाले कोभीड– महामारीलो बेलामा अग्रपंक्तिमा रहेर काम कार्य गरेको र विगतमा गरिएका कार्यक्रमको सरोकारावाला निकायबाट अनुगमन एव समिक्षा गरिएको बताए ।

उनले भने ‘हामीले परियोजना मार्फत कोरोना महामारी नियन्त्रणमा खेलेको भूमिका र काम बारे सरोकारवाला पक्षलाई जानकारी गराउनुका साथै निड्सद्धारा भएका कामको समेत स्थलगत अनुगमन गराएका छौँ ।’