धनगढी – कैलालीको कैलारी गाउँपालिका – ७ बिपतपुर मुक्तकमैया शिविरका आगलागी पीडितलाई राहत वितरण गरिएको छ । आगलागी पीडितलाई सुदूरपश्चिम प्रदेश सरकारका आन्तरिक मामिला तथा कानुन मन्त्री डा रणबहादुर रावल र सामाजिक विकास राज्य मन्त्री टेकबहादुर रैकाले राहत वितरण गरेका हुन ।

स्थलगत अवलोकन गर्दै दुवैजनाले आगलागी पीडित परिवारलाई खाद्यान्न सामाग्री, स्वास्थ सरसफाइका सामाग्री, टेण्ड घर र अन्य बस्दोबन्दीका सामाग्री वितरण गरेका थिए ।

उक्त सामाग्रीहरु नेपाल रेडक्रस सोसाइटीको समन्वयमा हस्तान्तरण गरिएको थियोे । उक्त शिविरमा आगलागीबाट ७३ घर जलेका थिए ।

















