अत्तरिया – गोदावरी नगरपालिकाको उपमेयरमा नेपाली कांग्रेसको तर्फबाट लक्ष्मी कुमारी भट्टले आफ्नो दाबी पेश गरेकी छिन । उनले पार्टीको नगर कार्यालयले आकांक्षीको नाम माग गरेकोमा आफ्नो दाबी पेश गरेका हुन ।
उपमेयरमा आकांक्षा पेश गरेकी भट्ट विगत ७ बर्ष देखि वकालत पेशामा आवद्ध छिन ।उनले आफूले उपमेयरको टिकट पाएर विजयी भएमा वकालतको अनुभव न्यायीक समितिमा लगाउने बताएकी छिन । ‘उपमेयरको मुख्य काम न्यायीक समिति संचालन गर्नु हो । त्यसमा वकालत क्षेत्रमा काम गरेको अनुभवी भएको ब्यक्ती चुनीए अझै काम गर्न सहज हुन्छ’ उनले भनीन ‘त्यसैले म टिकट पाउने र जित्नेमा ढुक्क छु ।’


उनले नगरमा आफूले विकास निर्माणका कामलाई पनि मुख्य प्राथमिकता दिएर काम गर्ने बताएकी छिन । आफूले पनि भ्रष्टाचार नगर्ने र अरुलाई पनि भ्रष्टाचार गर्न नदिने गरी काम गर्ने उनले बताइन् ।
उपमेयरमा आफ्नो दाबी पेस गरेकी भट्टले २०५० सालदेखि नेपाली कांग्रेसमा राजनीतिक यात्रा सुरु गरेकी थिइन । तरुण दल महिला विभागको केन्द्रिय सदस्य समेत रहिसकेकी भट्ट हाल कांग्रेसको क्षेत्रिय प्रतिनिधि रहेकी छिन ।
पोल्टिकल साइन्समा स्नाकोत्तर गरेकी भट्टले कानून विषयमा स्नातक गरेकी छिन । उनले आफूले व्यक्तिगत रुपमा कानुनको क्षेत्रमा पहुच नपुगेकालाई निःशुल्क रुपमा सेवा प्रदान गर्दै आएको बताईन ।


















