खाेज्नुहाेस

गोदावरीमा तोकिएको राजधानी केही तलमाथी हुन सक्छ : मन्त्री रावल   

Image

अत्तरिया – सुदूरपश्चिम सरकारका आन्तरिक मामिला तथा कानुन मन्त्री डा. रण बहादुर रावलले सुदूरपश्चिमको गोदावरीमा तोकिएको राजधानी केही तलमाथि हुन सक्ने बताएका छन । नेपाली कांग्रेस गोदावरी नगर कार्यसमितिले आयोजना गरेको स्वागत तथा भेटघाट कार्यक्रममा बोल्दै मन्त्री रावलले हाल तोकिएको स्थान केही तलमाथी हुन सक्ने बताए ।

‘गोदावरीमा राजधानी बनाउने भनेर निणय भयो । हामीले त्यसमा केही फरक मत राखेका छौ’ उनले भने ‘ठाउँमा फरक मत होइन । अलिकती स्थान तलमाथी हुनुपर्छ भन्ने हो ।’

attariya hospital

उनले हाल राजधानी तोकिएको क्षेत्र जैविक मार्गमा भएकाले त्यसलाई केही तल माथि गर्नु पर्ने बताए । ‘अहिले तोकिएको क्षेत्र जैविक मार्ग हो की रु बाघ, हात्ती हिड्छन की रु त्यसैले यही गोदावरी नै पारेर केही तलमाथी राजधानी हुन सक्छ’ उनले भने ‘हामीले राजधानी गोदावरीमा हुनु हुँदैन भनेका होइनौ ।’

navjiwan hospital

उनले दुई तिहाइको सरकारले राजधानी तोके पनि काम हुन नसकेको बताए । अहिले यस बिषयमा बहस भइरहेको र, अब छिटो राजधानी निर्माण प्रक्रिया अगाडी बढाउने उनले बताए ।

कैलालीलाई कांग्रेसमय बनाउने गरि गठबन्धन  हुन्छ 

मन्त्री रावलले गठबन्धन गरेर कैलालीलाई कांग्रेसमय बनाईने बताए । उनले गठबन्धन भनेको चुनाव जित्नकै लागि भएको बताए ।

‘कांग्रेस जित्ने ठाउँमा हामीले नै मेयरमा लड्ने हो । हामीले हार्ने सम्भावना भएका ठाउँमा अन्य दललाई दिने भनिएको हो’ उनले भने ‘यो गठबन्धनको अर्थ विजय प्राप्त गर्नु हो । त्यसैले कैलालीमा पनि गठबन्धन हुन्छ ।’

उनले गठबन्धन गर्दा गोदावरी नगरपालिका र धनगढी उपमहानगरपालिकालाई कांग्रेसले नछोड्ने बताए ।