खाेज्नुहाेस

दम्माम एलसीसी साउदीको आयोजनामा खुल्ला भलिबल प्रतियोगिता हुने

Image

पदम महता /दम्माम,साउदी अरब – साउदी अरबको लेयो दम्माममा खुल्ला भलिबल प्रतियोगिता हुने भएको छ।

“तपाइहरूको सहभागिता हाम्रो सफलता, नेपाली खेलाडीहरूको कला र प्रतिभाको पहिचान एनआरएनए साउदीको अभियान” भन्ने मुल नाराका साथ गैर आवासिय नेपाली संघ स्थानीय समन्वय समिति दमाम , साउदी अरेवियाले मे २ तारिखमा खुल्ला भलिवल प्रतियोगिता -२०२२ आयोजना गर्न लागेको हो।

attariya hospital
navjiwan hospital

बिदेशमा रहेको प्रतिभालाई प्रदर्शन गर्न प्रतियोगिताको आयोजक दम्माम एलसीसीका अध्यक्ष हरी थापाले अनुरोध गरेका छन् ।

प्रतियोगिता मे २ तारीख देखि दमाम ९१ को अलओजामी कम्पनीको पछाडि पट्टी रहेको खेल मैदानमा खेलाइने छ।
प्रतियोगितामा टिम दर्ता गर्नका लागि ०२ मे २०२२ बेलुका ५ बजे भित्र गरिसक्नुपर्ने आयोजकले जानकारी दिएको छ।  टिम दर्ताका शुल्क साउदीको सा रि ३ सय तोकेको छ।

प्रतियोगिताको च्याम्पियन अर्थात विजेता टिमले २,००० सा.रि. , खसी ट्रफी , मेडल र प्रमाणपत्र प्राप्त गर्ने छन । भने उपविजेता उने टिमले १,३५० सा.रि.ट्रफी , प्रमाणपत्र मेडल,  तृतिय हुने टिमले पनि ७५० सा.रि. ट्रफी , प्रमाणपत्र मेडल पाउने छन ।