धनगढी – २०७४ सालको स्थानीय तहको चुनावमा उपमेयरमा लडेकी शान्ति अधिकारीले धनगढी उपमहानगरपालिकाको मेयरको टिकट पाएकी छिन । उनले नेकपा माओवादी केन्द्रबाट मेयरको टिकट पाएकी हुन ।
माओवादीको नगर कमिटीको बैठकले अधिकारीलाई मेयरको उम्मेदवार बनाउन पार्टीको जिल्ला समन्वय समिति र प्रदेश कमिटीलाई सिफारिस गरेको माओवादी धनगढी नगर कमिटीका सचिव रमेशप्रसाद भट्टराइले जानकारी दिएका छन ।


अघिल्लो चुनावमा अधिकारीले उपमेयरमा दोस्रो बढी मत पाएकी थिइन । मेयरमा निर्वाचित सुशीला मिश्र भट्टले १७ हजार ४०८ मत पाउँदा देवकोटाले १२ हजार ७ सय ६३ मत पाएकी थिइन ।
त्यस्तै धनगढीको उपमेयरमा भने कृष्णप्रसाद चौधरी, सुरज खाती र बलबहादुर ऐरको नाम जिल्ला समितिलाई सिफारिस गरिएको सचिव भट्टराइले जानकारी दिए ।
कैलालीमा सत्तारुढ गठबन्धनले चुनावी तालमेल गरेर जाने निर्णय गरेका छन् । तालमेलमा सहमति भए पनि सत्तारुढ गठबन्धनबीच स्थानीय तहको नेतृत्व भागवण्डामा भने सहमति जुटेको छैन ।



















