कञ्चनपुर – जिल्ला प्रहरी कार्यालय कञ्चनपुरमा कार्यरत प्रहरी सहायक हवल्दार हरेन्द्र विष्टको मृत्यु भएको छ । अचानक बेहोस भएका दार्चुलाको मालिकार्जुन गाउँपालिका–६ घर भएका ४० वर्षीय बिष्टको महाकाली अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो ।

ड्युटीबाट खाना खान भनी जाँदै गर्दा अचानक बेहोस भएका बिष्टको उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवक्ता प्रहरी नायब उपरीक्षक चक्रबहादुर शाहले बताए ।

उनको मृत्युको कारण भने खुल्न नसकेको प्रहरीले जनाएको छ ।

















