खाेज्नुहाेस

धनगढीमा विद्यार्थीका लागि ‘स्कोर हाई मास्क इन एक्जाम’ सम्बन्धि एक दिने प्रशिक्षण

Image

धनगढी – धनगढीमा विद्यार्थीका लागि ‘स्कोर हाई मास्क इन एक्जाम’ सम्बन्धि एक दिने प्रशिक्षण कार्यक्रमको आयोजना गरिएको छ । मेमोरी एन्ड माइन्ड पावर संग सम्बन्धित उक्त एक दिने प्रशिक्षणमा धनगढी र अत्तरियाका ५ सय बढी बिद्यार्थी सहभागि रहेका थिए ।

त्रिनयन नेपालको आयोजनामा भएको प्रशिक्षण कार्यक्रममा डा. नवल पजियारले मेमोरी एन्ड माइन्ड पावरसम्बन्धि प्रशिक्षण दिएको त्रिनयन नेपालका अध्यक्ष जय धामीले बताए ।

attariya hospital
navjiwan hospital

कार्यक्रममा डा. नवल पजियारले मेमोरी एन्ड माइन्ड पावर कसरी बढाउने भनेर प्रशिक्षण दिएका थिए । कार्यक्रम स्वागत मन्तव्य त्रिनयनका सदस्य सुरज खड्का र शुभकामना मन्तव्यमा समाजसेवी युवा ब्यवसायी धर्मराज जोशी र एडुपलकी प्रतिनिधि सुनिता बोहराले दिएकी थिइन् ।

उक्त कार्यक्रममा मुख्य प्रायोजक एडुपल नेपाल, प्रायोजकमा मालिकार्जुन हार्डवयर, अफिसियल पार्नरमा जुम प्रोड्कशन र सहयोगीमा नोभा अस्पताल र नवजीवन सहकारी रहेका थिए ।