खाेज्नुहाेस

डोटीमा सेती नदीमा डुबेर एक बृद्धको मृत्यु

Image

डोटी – डोटीस्थित सेती नदीमा डुबेर एक बृद्धको मृत्यु भएको छ । पुजामा गएका जिल्लाको केआइसिंह गाउँपालिका– ६ भिताडीका ६० वर्षीय राम ताम्राकारको मृत्यु भएको प्रहरीले जनाएको छ ।

navjiwan hospital

शिखर नगरपालिका–२ मुडेगाउँ स्थित कालागाडनजिकै रहेको धार्मिकस्थल सालमुनिमा पूजामा गएका बेला नदीमा डुबेरको उनको मृत्यु भएको ईलाका प्रहरी कार्यालय दिपायलका प्रमुख प्रहरी नायब निरिक्षक रुप सिँह थापाले बताए ।

attariya hospital

नदीमा नुहाईरहेका अवस्थामा उनको मृत्यु भएको उनले बताए ।