खाेज्नुहाेस

बैतडीको भटनामा आजदेखी ‘दनौज जात’ हुने

Image

बैतडी – बैतडीमा आजदेखी २ दिवसिय दनौज जात हुदै छ । जिल्लाको पुर्चौडी नगरपालिका वडा नंं. ४ भटनामा २ दिवसीय दनौज जात हुने भएको हो ।

परापूर्व काल देखी दैविय शक्ति रहेको र लामो ईतिहास बोकेको भटनामा विषेश गरी यहाँका देवी, देवता, मालिका, महादेव र पहरौलको पुजा गर्न हरेक वर्ष दनौज जात लाग्दै आएको स्थानिय मालिका माविका शिक्षक हरिशचन्द्र भट्टले बताए ।

attariya hospital

उनका अनुसार शिव रात्रीको साँझबाट जागरनको रुपबाट सुरु हुने दनौज जातमा हरेक दिन साँझ पञ्चेबाजा (दमाहा, भोकर, झ्याली) लगायतका स्थानीय बाजाको साथमा देउडा ठाडी भाका खेल, नाच हुने र चैते दशै अन्तरगतको राम नवमी पछिको पहिलो एकादशीको दिन रतेडी (रात्री) जात हुने गरेको छ ।

navjiwan hospital

यनले यस वर्ष आज मंगलबार काकल काट्ने रतेडी (रात्री कालीन) जात हुने छ भने ३० गते दिशेडी (दिउँसो) जाँत हुने छ । सो दुई दिने जाँत अन्तरगत पहिलो दिन सल्लो काट्ने दमाहा लगायतका स्थानीय बाजाको साथमा देवी देउताका नाम जप्दै विभिन्न मन्दीरमा पुगाउने, देउडा, ठाडीभाका विभिन्न किसिमका बाजा कला, धामी झाक्रीको नाँच प्रदर्शनि हुन गर्दछ ।

बाहुन, क्षेत्री, दलीत लगायत विभिन्न जातजातीका मानीस बसोवास गर्ने सो ठाउँका भिभिन्न टोलमा बस्ने स्थानीहरुले संयुक्त रुपमा मनाउने दनौज जाँतमा दमाहाको बाजा प्रदर्शनि, देउडा खेल पुजा विषेश हुने गर्दछ ।

त्यस्तै, दोश्रो दिन पनि रात्रिकालिन प्रकृया दोहोरीने गर्दछ । दनौज जातमा अन्य स्थानबाट आएका दर्शनार्थी, श्रद्धालु भक्तजनहरु विभिन्न मनोकामना पुरा हुने र मालीका महादेवको कृपा रहिरहने भन्दै त्यहाँको स्थानीय संस्कृति एवम् देवी देवताको आराधना जप्दै विभिन्न बाजा गाजा र देउडाको धुनमा रमाउँछन् ।

यद्धपी यहाँको संस्कृति दनौज मेलामा प्रस्तुत हुने र देखाईने विभिन्न कलाहरुको दैविय शक्ति लगायतका अन्य कलाहरु बयान गर्न नसकिने र विभिन्न मनमोहक दृश्य अवलोकन गर्न होस या आशिस ग्रहण गर्न यहाँ उपस्थित भएमात्रै महसुस हुने शिक्षक भट्टको भनाई छ ।

पुर्चाैडी नगरपालिकाका स्थानियहरु बाहिर भएपनि सकभर उक्त जातमा अनिवार्य उपस्थित हुने गर्दछन भने बझाङ, दार्चुला, डडेल्धुरा नजिकका भारतिय शहर बाट पनि दर्शनार्थीहरु आउने गर्दछन । दनौज जातमा दर्शनार्थी, श्रद्धालु भक्तजनहरुको सुरक्षा तथा जाँत मर्यादित बनाउँनका प्रहरीहरुको पनि सक्रिय सहभागीता रहने गरेको स्थानियहरु बताउछन ।