खाेज्नुहाेस

कञ्चनपुरको भिमदत्तले बनायो १ सय १० कानुन

Image

कञ्चनपुर – कञ्चनपुरको भिमदत्त नगरपालिकाले पछिल्लो ५ वर्षमा १ सय १० कानुन बनाएको छ ।

जनतालाई वडाबाटै अधिकार दिलाउन १४ असार ०७४ मा निर्वाचित भएर आएयता नगरपालिकाले १ सय १० वटा कानुन निर्माण गरेको नगरपालिकाका नगरप्रमुख सुरेन्द्र विष्टले बताए ।

attariya hospital

उनका अनुसार निर्माण गरेका कानुनहरुले स्थानिय तह संचालनका लागी सहजता ल्याउने बताए । सोमबार पत्रकार सम्मेलन मार्फत नगरपालिकाले जनप्रतिनिधि निर्वाचित भएर आए यताका कार्यहरु सार्वजनिक गर्ने क्रममा उक्त कुराबारे जानकारी दिईएको हो ।
नगरप्रमुख विष्ट सहभागी पत्रकार सम्मेलनमा नगरपालिकाका ईन्जिनियर हिमालयसिँह ऐरीले पछिल्लो ५ वर्षमा भएका विकाश निर्माणका कार्यहरु संक्षिप्त रुपमा जानकारी गराएका थिए ।

navjiwan hospital

जनप्रतिनिधि आएसँगै नगरपालिकामा प्रगती भएको उनले बताए । उनका अनुसार भौतिक पूर्वाधार विकास निर्माण, पुलपुलेसा, सडक, तटबन्ध, भौतिक पूर्वाधारलगायत अन्य बौद्धिक स्तरमा नगरपालिकाले प्रगती गरेको छ ।

उनका अनुसार पाँच वर्षको अवधिमा नगरले १९ मध्ये १४ वडामा भवन निर्माण गरेको छ । पाँचवटा वडा भवन निर्माणाधीन अवस्थामा छन । नगरपालिकाको मुख्य प्रशासनिक भवन निर्माण सुरु गरिएको छ । नगरपालिकाले आन्तरिक स्रोतबाट झन्डै ४८ किलोमिटर सडक कालोपत्रे गरेको ईन्जिनियर ऐरीले बताए ।

यसका साथै ९८ कल्भर्ट निर्माण, १७२ स्थानमा सौर्यबत्ती जडान, ११ पार्क, ११ वटा चौतारा निर्माण गरिएको ईन्जिनियर ऐरीले सार्वजनिक गरेको प्रतिवेदनमा उल्लेख छ । क्षेत्रीय सहरी कार्यक्रमअन्तर्गत ११ किलोमिटर कालोपत्रे सडक र २२ किलोमिटर नाला निर्माण गरिएको नगरपालिकाले जनाएको छ ।

भीमदत्त नगर प्रमुख विष्टले संविधानअनुरूप स्थानीय तहका अधिकार कार्यान्वयन गराउन सुरुको एक वर्ष बितेको बताए । एकात्मक शासन प्रणालीबाट संघीय शासन व्यवस्थामा मुलुक जाँदा सुरुका दिनमा थुप्रैै चुनौती भए पनि त्यसलाई नगरपालिकाले चिरेको उनले दाबी गरे ।

‘यो सहरलाई आगामी २५ वर्षमा कस्तो बनाउनेबारे हामीले रणनीति योजना अघि सारेका छौँ,’ उनले भने, ‘दुई वर्ष त कोरोनाले नै डिस्टर्ब गरिदियो ।’ विकासका काम रोकेर भए पनि जनताको स्वास्थ्यतर्फ नगरपालिका केन्द्रित भएको उनले बताए ।