अत्तरिया – कैलालीको गोदावरी नगरपालिका – १ को वडा अध्यक्षमा नेकपा माओवादी केन्द्रबाट दिनेश कुमार शाहलाई उम्मेद्धार बनाइने भएको छ ।

एमाले सचिव लेखराज भट्टका पुर्व स्वकिय सचिव रहेका शाह भट्टकै वडामा माओवादीबाट उम्मेद्धार बनाउन लागिएको हो ।
शाहले आफु वडा अध्यक्ष बन्ने दावी गरिरहँदा पार्टीले उनलाइनै अघी सार्ने योजना बनाएको माओवादी केन्द्र गोदावरी नगर कमिटि अध्यक्ष धर्म सिह कुँवरले बताए ।

शाह १५ बर्षसम्म लेखराजको सारथी भएर काम गरेका नेता हुन् । लेखराज भट्टले पार्टी छोडेर एमालेमा गएपनि शाह माओवादी केन्द्रमै रहेका थिए ।



















