काठमाण्डौं – डिसहोमले १ वर्षको रिचार्ज गर्दा २४ महिना सम्म टेलिभिजन हेर्न पाइने योजना ल्याएको छ । डिशहोमको सेवा लिइरहेका डिटिएचका ग्राहकहरुलाई लक्षित गरि उक्त योजना ल्याएको हो ।
जसअन्तरगत डिशहोमको डिलरदाइबाट फण्डट्रान्स्फर मार्फत एकवर्ष अर्थात १२ महिनाको रिचार्ज गर्ने ग्राहकले २४ महिना सम्म टेलिभिजन हेर्ने सेवा पाउने छन ।


यससँगै एक वर्षको रिचार्ज गर्ने ग्राहकहरू मध्येबाट प्रत्येक हप्ता लक्की ड्र मार्फत एकजना ग्राहकले १ लाख पनि जित्न सक्नेछन् । हरेक हप्ता सोमबार साँझ ५ बजे डिशहोमका एक्सक्लुसिभ च्यानलहरु रमाईलो एचडि, सरोकार टिभि, रियालिटि टिभी, नेपा च्यानल लगायत डिशहोम सोकेसमा लक्की ड्रको प्रत्यक्ष प्रसारण हुने कम्पनीको भनाइ छ ।
१ वर्षको रिचार्जमा २४ महिना टेलिभिजन हेर्न र १ लाख जित्ने यो योजनाको फाइदा चैत २१ पछि रिचार्ज गर्ने डिशहोमका ग्राहकहरुले लिन सक्नेछन् ।
















