कञ्चनपुर – राष्ट्रपति शैक्षिक सुधार कार्यक्रम अन्र्तगत ‘पढ्दै कमाउँदै’ कार्यक्रमका लागि कञ्चनपुरका दुई विद्यालय छनौटमा परेका छन् । भीमदत्त नगरपालिका–१८ कटानमा रहेको महेन्द्रनर माध्यमिक विद्यालय र बेलौरी नगरपालिकाको शान्ति माध्यमिक विद्यालय शान्तिपुर कार्यक्रमका लागि छनोटमा परेका छन् ।

छनौटमा परेका विद्यालयलाई कार्यक्रम अन्र्तगत अनुदान रकम उपलव्ध गराई विद्यार्थीलाई पढ्दै गरेका बेला कमाउने अवसर प्रदान गरिने छ । महेन्द्रनगर माध्यमिक विद्यालयमा प्राविधिक तर्फको कृषि र पशुपालनको पढाई हुने गरेको छ ।

शान्ति माध्यमिक विद्यालयमा कृषि सम्बन्धी पढाई हुने गरेको छ । पढ्दै कमाउँदै कार्यक्रमका लागि विद्यालय छनौटमा परेको जानकारी दिदै महेन्द्रनगर माध्यमिक विद्यालय व्यवस्थापन समितिका अध्यक्ष बिरेन्द्रराज बिष्टले कार्यक्रमका प्रावधान अनुसार व्यवहारिक रुपमा कार्यक्रमलाई कार्यान्वयन गरिने बताए ।
कञ्चनपुरका दुई सहित देश भरका १ सय ४० विद्यालय कार्यक्रमका लागि छनौटमा परेका छन । छनौटमा परेका विद्यालयलाई सशर्त अनुदान अन्र्तगत वित्तिय हस्तान्तरण भै स्थानीय तह मार्फत अनुदान रकम विद्यालयको खातामा उपलव्ध गराउने व्यवस्था गरिएको छ ।




















