धनगढी – कञ्चनपुरमा मानव अधिकार तथा महिला सशक्तिकरण सम्बन्धि आयोजना गरिएको ३ दिने तालिम सम्पन्न भएको छ । कृष्णपुर नगरपालिका – २ र मावन बेचबिखन विरुद्धको पैरवी समुह अमेरिकन हिमालयन फाउण्डेसन (एएचफ) को आर्थिक सहयोगमा तालिमको आयोजना गरिएको हो ।

ग्रामिण स्वास्थ्य शिक्षा सेवा गुठी (रेष्ट) र महिला विकास समाज धनगढीको समन्वय रहेको उक्त तालिममा समुदाय स्तरका महिला तथा बालबालिकाका क्षेत्रमा काम गर्ने महिलाकर्मी गरि जम्मा ३५ जनाको उपस्थिति रहेको थियो ।

तालिममा महिला सशक्तिकरणका साथै मानव अधिकारका विषयमा प्रशिक्षण गराईएको महिला विकास समाजकी अध्यक्ष बिमला पन्त ओझाले बताईन् । ‘मानव अधिकारका सवालमा ग्रामिण क्षेत्रमा पनि चेतना फैलाउनु हाम्रो उद्धेश्य हो’, उनले भनिन्, ‘महिला परिवर्तन हुनु नै समाज परिवर्तन हुनु हो त्यसैले आवश्यकताका आधारमा तालिम सञ्चालन गरेका हौँ ।’
महिला सशक्तिकरण तालिमको वडा नम्बर २ का अध्यक्ष जयनारायण जोशीले उद्धघाटन गरेका थिए । बिमला पन्त ओझा, दिनेश भण्डारी, हिमालय विष्ट र गौरव महत प्रशिक्षक रहेको उक्त तालिमको उद्धघोषण हिरा थापाले गरेकी थिईन् ।

















