धनगढी – सरकारले अन्तर प्रदेश अन्तरगत चल्ने लामा दूरीका सार्वजनिक सवारीको भाडा १५ प्रतिशतसम्म बढाएको छ । यातायात व्यवस्था विभागले भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयको मन्त्रीस्तरीय निर्णय अनुसार यात्रुबहाक सवारीको भाडा १० प्रतिशतले बढाएको छ । पहाडमा मालबाहक सवारीका लागि १३ र तराईमा १५ प्रतिशतका दरले भाडा बढाइएको यातायानत व्यवस्था विभागले जनाएको छ ।

यो संगै धनगढी– काठमाण्डौंको भाडा १ हजार ८२३ पुगेको छ । यसअघि १ हजार ६५७ भाडादर रहेकोमा १६६ रुपैयाँ भाडा बढेको हो ।
अन्तर प्रदेश अन्तरगत काठमाण्डौं साफेबगरको भाडा २ हजार ३५० बाट बढेर २ हजार ५८५ पुगेको छ ।

त्यस्तै काठमाण्डौं महेन्द्रनगरको भाडा १ हजार ६७१ बाट बढेर १ हजार ८३८, काठमाण्डौं– डडेल्धुराको भाडा १ हजार ९५३ बाट बढेर २ हजार १४८, काठमाण्डौं – बैतडीको भाडा २ हजार २३८ बाट बढेर २ हजार ४६२ पुगेको छ ।



















