काठमाडौं – एकीकृत समाजवादीका अध्यक्ष माधव नेपाल सहित १४ जना सांसद विरुद्धको रिट ‘हेर्न नमिल्नेमा’ राखिएको छ । नेपाल नेतृत्वको एकीकृत समाजवादी पार्टीको वैधानिकतामाथि प्रश्न उठाएर एमाले अध्यक्ष केपी शर्मा ओलीले दर्ता गरेको रिट निवेदन ‘हेर्न नमिल्नेमा’ राखेको हो ।

पूर्ण सुनुवाइका लागि न्यायाधीश अनिलकुमार सिन्हा र नहकुल सुवेदीको इजलासमा पेसी तोकिएको थियो । एमालेबाट विभाजित हुनुअघि नै एमालेले गरेको कारबाही सदर नगरेको भन्दै एमाले अदालत पुगेको थियो ।

यसअघि फागुन २९ गते बसेको ईश्वरप्रसाद खतिवडा र डा. कुमार चुडालको संयुक्त इजलासले रिटलाई पूर्ण सुनुवाइका आजको मिति तोकेको थियो । प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराको इजलासले यसअघि २२ भदौमा अन्तरिम आदेश दिन अस्वीकार गरेको थियो ।




















