खाेज्नुहाेस

चुनावमा गठबन्धन गर्न सुदूरपश्चिममा कांग्रेस सहितको सरकार बन्नुपर्छ : नैनसिंह महर

Image
navjiwan hospital

नेपाली कांग्रेसका नेता नैनसिंह महरले सुदूरपश्चिम प्रदेश सरकारमा कांग्रेसलाई पनि सहभागी गराउनुपर्ने बताएका छन् ।

‘सुदूरपश्चिम सरकारमा कांग्रेसको सहभागीता नहुन्जेल चुनावी गठबन्धन कार्यान्वयन गर्न कठिन हुन्छ,’ पार्टीले गठन गरेको निर्वाचन परिचालन समितिले राखेको बैठकमा उनले भने, ‘अन्यत्र प्रदेशमा कांग्रेस सरकारमा सहभागी हुने सुदूरपश्चिममा किन नहुने ?’

गठबन्धनको संस्कृति अघि बढाउन पनि सुदूरपश्चिम सरकारमा कांग्रेस जाने वातावरण बनाउनुपर्ने उनले बताए ।

सुदूपश्चिममा कांग्रेस प्रतिपक्षमा छ । वैशाखमा हुने स्थानीय चुनावका लागि केन्द्रबाट सत्तारूढ पाँच दलले गठबन्धन गर्ने निर्णय गरिसकेका छन् ।

कांग्रेसले पनि स्थानीय आवश्यकताका आधारमा गठबन्धन गर्ने भनेको छ । तर चुनावी गठबन्धन हुनुभन्दा पहिले नै कांग्रेस सुदूरपश्चिम सरकारमा सहभागी हुने वातावरण तयार गरिनुपर्ने महर बताउँछन् ।