अत्तरिया – कैलालीको अत्तरियामा दोस्रो संस्करणको सुदूरपश्चिम प्रदेश स्तरिय गोदावरी मेयर कप भलिबल प्रतियोगीता हुने भएको छ । गोदावरी नगरपालिकाको मुख्य प्रर्वद्धनमा स्थानिय न्यु सिर्जनसिल युवा क्लब (सि.वाई.सि) ले प्रतियोगीताको आयोजना गर्न लागेको हो ।
बिहिबार आयोजकले पत्रकार सम्मेलनको आयोजना गर्दै प्रतियोगीताको बारेमा जानकारी दिएको छ । यही चैत २६ गतेदेखी ३० गते सम्म आयोजना हुने प्रतियोगीतामा सुदूरपश्चिम प्रदेशका नौ वटै जिल्लाका टिमहरुले सहभागिता जनाउन पाउने प्रतियोगीता संयोजक विक्रम विष्टले बताए ।

लोप हुने अवस्थामा पुगेको भलिबल खेलको उजागर गर्न र भलिबलका खेलाडीहरुको उत्प्रेरणा बबढाउन प्रतियोगीताको दोस्रो संस्करण आयोजना गर्न लागीएको उनले बताए ।
प्रतियोगितामा सुदूरपश्चिम प्रदेशका जुनसुकै टिमहरुले पनि सहभागीता जनाउन पाउने उनले बताए । उनका अनुसार प्रतियोगीतामा ३ विभागीय सहित करिब १० देखी १२ वटा टिमको सहभागीता रहने अनुमान छ ।

कोरोनाका कारण रोकिएको प्रतियोगीताको दोस्रो संस्करणको विजेता टिमले नगद २ लाख ५ हजार ५ सय ५५ रुपैया सहित ट्रफि, मेडल र प्रमाणपत्र प्राप्त गर्ने तथा उपविजेता बनेको टिमले नगद १ लाख ५ हजार ५ सय ५५ रुपैया सहित ट्रफि, मेडलर प्रमाणपत्र प्राप्त गर्ने खेल संयोजक विष्टले बताए । यसैगरी प्रतियोगीतामा तेस्रो हुने टिमले पनि ३५ हजार ५ सय ५५ रुपैया प्राप्त गर्ने उनले बताए ।
प्रतियोगीतामा विभिन्न विधामा उत्कृष्ट हुने खेलाडीहरुलाई पनि पुरस्कारको व्यवस्था गरीएको छ । प्रतियोगिताको उत्कृष्ट खेलाडीलाई नगद रु. १० हजार तथा उत्कृष्ट सरभर, स्पाईकर, लिफ्टर, ब्लकर, डिफेन्डर र उदयीमान खेलाडीलाई नगद रु. ५/५ हजार पुरस्कार दिईने खेल संयोजक विष्टले बताए ।
प्रतियोगीताको प्रत्येक खेलहरुमा २ राष्ट्रियस्तरका खेलाडी तथा विभागीय खेलाडीहरुलाई समावेश गर्न सकिने बताइएको छ । प्रतियोगीता अवधीभर करिब २० हजार दर्शकहरुले प्रतियोगीताको अवलोकन गर्ने आयोजकले जनाएको छ ।
कुल १६ लाख ७६ हजार ६ सय ६५ रुपैया खर्च लाग्ने अनुमान गरीएको प्रतियोगिताका सबै खेलहरु आयोजकको आफ्नै खेल मैदानमा हुने बताईएको छ ।
क्लबका कोषाध्यक्ष दिपक कँडेलको सभापतित्वमा आयोजित पत्रकार सम्मेलनको प्रमख अतिथि गोदावरी नगरपालिका वडा नं. २ का वडाध्यक्ष कृष्णराज जोशी रहेका थिए भने संचालन क्लबका सदस्य छबिन्द्र नाथ योगीले गरेका थिए ।

















