खाेज्नुहाेस

राष्ट्रव्यापी बक्सिङमा अछामका प्रवीण विजयी

Image

काठमाडौँ – सातदोबाटोमा राष्ट्रव्यापी स्कुल ब्वाइज तथा गर्ल्स बक्सिङ प्रतियोगितामा ब्वाइजतर्फ ४३ केजी तौल समूहमा अछामका प्रवीण टमाटाले जेसीएसका सुवास बस्नेतलाई अंकका आधारमा पराजित गरेका छन ।

navjiwan hospital

सोही तौलमा अल्फाका सोनम पुनमगरले फाइट प्रमोसनका स्वरुप तिरुवालाई आरएससीका आधारमा हराए । अब प्रवीणले सोनम सेमिफाइनलमा खेल्नेछन ।

attariya hospital

३५ केजीमा नक्सालका सक्षम लामाले अछामका सन्तोष भट्ट र मकवानपुरका अरुण सापकोटाले भक्तपुरका प्रत्युष सुजखुलाई अंकका आधारमा हराएर सेमिफाइनल तय गरेका छन् । ४० केजीमा थानकोटका प्रकट महर्जनले बक्समाण्डुका सुवास तिरुवा र ४९ केजीमा कास्कीका आकाश बोहराले दमकका रोशन बिकलाई हराए ।५२ केजीमा भूपू बक्सिङ पोखराका समुन्द्र थापामगरले मोरङका कीर्तिक मास्के र बाँकेका योगराज खत्रीले अछामका विनोद नागार्जीलाई अंकका आधारमा हराए ।

देशभरका २५ जिल्ला, क्लब तथा स्कुलका १२ देखि १४ वर्षभित्र ४८ खेलाडीले भाग लिएका छन।