खाेज्नुहाेस

गोदावरीमा होली पर्वको अवसरमा घैटोफोड कार्यक्रम आयोजना

Image

अत्तरिया – कैलालीको गोदावरीमा होली पर्वको अवसरमा घैटोफोड कार्यक्रम आयोजना गरिएको छ । गोदावरी नगरपालिका – २ शान्तिटोलमा रहेको न्यू पिस क्लव परिवारको आयोजनामा घैटोफोड कार्यक्रम आयोजना गरिएको हो ।

उक्त प्रतियोगितामा स्थानीय  कलावती महरा बिजयी भएकी छिन् । प्रतियोगितामा ५० जना सहभागि रहेकोमा ४५ नम्बरमा खेलेकी महराले बिजयी भएकी हुन । विजयी महराले नगद २ हजार ५ सय हात पारेकी छिन ।

attariya hospital

navjiwan hospital

प्रतियोगितामा १५ बर्ष देखि ५० बर्ष सम्मका महिला वा पुरुष सहभागी रहेका थिए ।

न्यु पिस क्लब अध्यक्ष गोरख महराको अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख अतिथि प्रदेश खेलकुल परिषद सदस्य दुर्गा अधिकारी रहेका थिए । यस्तै विशिष्ट अतिथिमा नेकपा माओवादी केन्द्र गोदावरी नगर कमिटी अध्यक्ष धर्म सिंह कुँवर, शान्तिटोल बिकास समिति अध्यक्ष गोरख बोहरा रहेका थिए । यस्तै अतिथिमा एकता महिला सामुदायीक वन उपभोक्ता समिती अध्यक्ष लक्ष्मी बोहरा, माओवादी केन्द्र नगर सह – सचिब तुलसी प्रसाद जोशी लगायत प्रतियोगितामा सहभागी ५० जनाको सहभागिता रहेको थियो ।

कार्यक्रममा टोल विकास समिति अध्यक्ष गोरख बोहरा र एकता महिला सामुदायीक वन उपभोक्ता समिती अध्यक्ष  लक्ष्मी बोहरालाई पनि सम्मान गरिएको छ ।