खाेज्नुहाेस

सुदूरपश्चिममा २ कोरोना संक्रमित थपिए

Image

अत्तरिया – सुदूरपश्चिम प्रदेशका थप २ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा ६७३ नमूनाको कोरोना परिक्षण गरिएकोमा २ जनामा संक्रमण पुष्टि भएको हो ।

navjiwan hospital

एन्टिजेन बिधिबाट ६४९ नमूनाको कोरोना जाँच गर्दा १ जना र पीसीआर बिधिबाट २४ नमूनाको कोरोना परिक्षण गर्दा १ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य निर्देशनालय डोटीले जनाएको छ । यो संगै प्रदेशमा कोरोना संक्रमितको संख्या ५९ हजार ५९२ पुगेको छ ।

attariya hospital

पछिल्लो २४ घण्टामा १ जनाले कोरोना जितेका छन । यो संगै प्रदेशमा कोरोना जित्नेको संख्या ४२ हजार ३ पुगेको छ ।