खाेज्नुहाेस

महाकाली नदीमा निर्माण सामग्री उत्खननको ठेक्का सम्झौतामा अनियमितता 

Image

कञ्चनपुर – महाकाली नदीमा निर्माण सामग्री उत्खननको ठेक्का सम्झौतामा अनियमितता भएको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले अनुसन्धान सुरु गरेको छ ।

अख्तियारले भीमदत्त नगरपालिका र उत्खनन गर्ने भवानी कन्स्ट्रक्सनबाट ठेक्का सम्झौतासम्बन्धी कागजात नियन्त्रणमा लिई अनुसन्धान सुरु गरेको हो ।

attariya hospital
navjiwan hospital

नगरपालिकाले निर्माण सामग्री उत्खननका लागि बोलपत्र आह्वान गर्दा कम र सम्झौता बढी मूल्यमा गरेका कारण आर्थिक अनियमितता भएको भन्दै उजुरी परेपछि अनुसन्धान सुरु भएको अख्तियारको महेन्द्रनगर कार्यालयका प्रमुख रामबहादुर कुरुम्बाङले बताए । उनका अनुसार नगरपालिकाले निर्माण सामग्री उत्खननसम्बन्धी बोलपत्र आह्वान गर्दा प्रतिघनमिटर ७५ रुपैयाँ र सम्झौता गर्दा प्रतिघनमिटर १०५ मा भएको छ ।

‘निर्माण सामग्री बिक्रीको मूल्य बढ्यो तर नगरपालिकाले पाउने रकम बढेन,’ कुरुम्बाङले भने, ‘यसरी नगरपालिकालाई डेढ करोडको हानि भएको देखिन्छ ।’ उनका अनुसार महाकाली नदीको भुजेला घाटबाट निर्माण सामग्री उत्खननका लागि गरिएको प्रारम्भिक वातावरणीय परीक्षण (आईई) मा ५ लाख घनमिटर उठाउन पाउने भनेको छ ।

यसअनुसार प्रतिघनमिटर ३० रुपैयाँ बढीमा सम्झौता हुँदा नगरपालिकालाई डेढ करोड हानि नोक्सानी हुने देखिएको छ । नगरपालिकाले निर्माण सामग्री उत्खननका लागि ५ करोड ७५ लाखमा सम्झौता गरेको छ ।