अत्तरिया – बैतडीमा जिप दुर्घटना हुँदा एक महिला घाईते भएकी छन ।

जिल्लाको सुर्नया गाउँपालिका–८ आलुगौरा भन्ने स्थानमा बा १२ च ९८७८ नम्बरको जीप दुर्घटना हुँदा बझाङको खप्तडछान्ना गाउँपालिका–४ की २१ वर्षीया दुर्गा कठायत रोकाया घाईते भएकी हुन ।

धनगढीबाट बझाङतर्फ जाँदै गरेको उक्त जीप अनियन्त्रित भई दुर्घटना भएको प्रदेश ट्राफिक प्रहरी कार्यालय अत्तरियाले जनाएको छ । जिप चालक शैलेन्द्र श्रेष्ठ भने सम्पर्कविहीन रहेको प्रहरीले बताएको छ ।

















