अत्तरिया – सुदूरपश्चिम प्रदेशमा थप २ जना कोरोना संक्रमित थपिएका छन । पछिल्लो २४ घण्टामा एन्टिजेन विधिबाट ८१० नमूना जाँच गर्दा २ जनामा सङ्क्रमण पुष्टि भएको हो ।

यो संगै प्रदेशमा कोरोना संक्रमितको संख्या ५९ हजार ५७० पुगेको स्वास्थ्य निर्देशनालय डोटीले जनाएको छ । यसैबिच पछिल्लो २४ घण्टामा ३ जनाले कोरोना जितेका छन । यो संगै प्रदेशमा कोरोना जित्नेको संख्या पनि ४१ हजार ९९० पुगेको छ ।

हाल प्रदेशमा कोरोनाका सक्रिय संक्रमितको संख्या १५२ रहेको निर्देशनालय डोटीले जनाएको छ । संक्रमितम मध्ये ३ जना प्रदेशका बिभिन्न अस्पतालहरुमा उपचाररत रहेको छन ।
















