अत्तरिया – कैलालीको अत्तरियामा रहेको सन नेपाल लाईफ ईन्स्योरेन्स कम्पनिले गोदावरी नगरपालिका वडा नं. ६ का स्वर्गिय फुलाराम चौधरीको परिवारलाई मृत्यु दावी रकम हस्तान्तरण गरेको छ । सोमबार मृतक चौधरीको घरमा गई ईन्स्योरेन्स कम्पनिका अत्तरिया उपशाखा प्रमुख राजन खड्काले उनकी पत्नि उर्मिला देवी चौधरीलाई मृत्युदावी रकम हस्तान्तरण गरेका हुन ।
मृत चौधरीले करिब ३ वर्ष अघि सन लाईफ ईन्स्योरेन्सको अत्तरिया उपशाखाबाट ६ लाखको जिवन बिमा गरेका थिए । उनको मृत्यु भएपछि ईछ्याईएको व्यक्ति उनकी श्रीमतीलाई बिमाको मृत्युदावी रकम हस्तान्तरण गरिएको सन लाईफ ईन्स्योरेन्सका अत्तरिया उपशाखा प्रमुख राजन खड्काले जानकारी दिए ।


उनले बिमा रकम वाफत मृतकको परिवारलाई ५ लाख ९४ हजार ४ सय ८९ रुपैया बराबरको चेक हस्तान्तरण गरिएको बताए । मृतक चौधरीले २ किस्ता वाफत कम्पनिलाई १ लाख ५ हजार ६ सय ९६ रुपैया बुझाएका थिए ।
मृतक चौधरीले बोनस सहित पाउनुपर्ने ६ लाख ४९ हजार ८ सय बाट तेस्रो किस्ता भुक्तान गर्न बाँकी ५५ हजार ३ सय ११ रुपैया घटाएर मृतकको परिवारलाई बाँकी रकम बराबरको चेक हस्तान्तण गरिएको खड्काले बताए ।
छाती तथा कम्मरको दुखाईका कारण यही कार्तिक २७ गते चौधरीको मृत्यु भएको थियो ।



















