धनगढी – नेपाली कांग्रेसको अछाम जिल्ला सभापतिमा पुष्पबहादुर शाह विजयी भएका छन् । दोस्रो चरणको मतदानमा शाह विजयी भएका हुन ।

शाहले प्रतिद्धन्दी भरत स्वारलाई पराजित गरेका छन । शाह ७७९ मत ल्याएर विजयी हुँदा उनका प्रतिद्धन्द्धी स्वारले ७११ मत पाएका थिए ।

यसअघि भएको पहिलो चरणको मतदानमा कुनै उम्मेदवारले ५० प्रतिशतभन्दा बढी मत नल्याएपछि सोमबार दोस्रो चरणको मतदान गरिएको थियो ।

















