खाेज्नुहाेस

धनगढीको जाँई–शिवनगर सडकखण्डमा एक युवक मृत फेला

Image

धनगढी – कैलालीमा एक युवकको शव फेला परेको छ । सोमबार बिहान जिल्लाको धनगढी उपमहानगरपालिका वडा नम्बर ५ को जाँई–शिवनगर सडकस्थित केराबारीमा अन्दाजी ३३ वर्षीय युवकको शव फेला परेको हो ।

navjiwan hospital

उक्त सडकखण्डको नालीमा शव फेला परेको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता प्रहरी नायब उपरीक्षक वेदप्रकाश जोशीले बताए । उनले चोटपटक लागेको अवस्थामा शव फेला परेकाले हत्याको आशंका रहेको बताए ।

attariya hospital

‘घाँटदेखी टाउकोको बिचमा केही चिजले हानेको जस्तो देखिन्छ’ उनले भने ‘हत्या आशंकामा कुकुरको प्रयोग गरिरहेका छौं, अनुसन्धान भैरहेको छ । थप विवरण अनुसन्धानपछि खुल्छ ।’ मृतकको पहिचान भने खुलेको छैन ।