अत्तरिया – कैलालिको गोदावरी नगरपालिकामा सिमेन्ट बोकेको ट्रक पल्टिएको छ । नगरपालिकाको वडा नम्बर – ७ श्रीपुर मा सुप. प्र. ०१००१ ख २९०४ नम्बरको ट्रक पल्टिएको हो ।

पुर्वबाट पश्चिम आउदै गरेको उक्त ट्रक राती करिब १ बजे तिर आफै अनियन्त्रीत भै सडकबाट करिब ५ मिटर तल पल्टिएको सुदुरपस्चिम प्रदेस ट्राफिक प्रहरी कार्यालय अत्तरियाले जनाएको छ ।

ट्रक पल्टिदा सहचालक बोराडाडी घर भएका जनक साउँदलाइ सामान्य कानमा चोट लागेको बताइएको छ । ट्राफिक कार्यालयका अनुसार ट्रकमा भने क्षती पुगेको छ ।

















