अत्तरिया – कैलालीको गोदावरी नगरपालिका – ४ बसन्तपुरमा खानेपानीको पाइप फुटेको महिनौ पुग्दा पनि मर्मत गरिएको छैन । खानेपानीको पाइप फुटेपछि मर्मत गर्नको लागि भन्दै कालोपत्रे सडक समेत फुटाइएको भएपनि मर्मत नगरी छोडिएको छ ।

पाइप फुट्दा खानेपानी खेर गइरहेको छ भने सडकका समेत खाल्डो बनेको छ । खानेपानीको पाइप फुट्दा बनेको खाल्डोले दुर्घटनाको जोखिम बढेको स्थानीयले बताएका छन ।

सो क्षेत्रमा अत्तरिया साना शहरी खानेपानी तथा सरसफाई उपभोक्ता संस्थाले खानेपानी वितरण गर्दै आएको छ ।



















