अत्तरिया – कैलालीको अत्तरियाका पुराना व्यवसायी ईश्वरी प्रशाद जोशीको निधन भएको छ । अत्तरियामा रहेको ज्योती बस्त्रालयका संचालक जोशीको आज बिहान नेपालगंगमा उपचारका क्रममा मृत्यु भएको हो ।

उपचारका क्रममा नेपालगंजमै रहेका बेला हर्ट अट्याक भएर उनको मृत्यु भएको पारिवारीक श्रोतले जनाएको छ ।

अत्तरिया उद्योग बाणिज्य संघका सदस्य समेत रहेका जोशीको शोकमा आज अत्तरिया बजार आंसिक रुपमा बन्द भएको छ ।
उनको आजै गोदावरी आर्यघाटमा अन्तिम संस्कार गरिने जनाइएको छ ।




















