धनगढी – कैलालीको धनगढीमा आजदेखि ‘नेपाली साहित्य महोत्सव २०७८’ सुरु हुँदै छ । बिहिबार देखि फागुन २१ गते सम्म महोत्सवको आयोजना हुन लागेको हो । साहित्य महोत्सवको सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्ट उद्घाटन गर्ने कार्यक्रम रहेको छ ।
सुदूरपश्चिमाञ्चल साहित्य समाजका अध्यक्ष रामलाल जोशीले साहित्य महोत्सवबाट सुदूरपश्चिम प्रदेशको कला, संस्कृति, प्रकृति, पर्यटन, इतिहास, सम्पदा, दर्शन, उद्योग व्यापार र समग्र सामाजिक विकासमा टेवा पुग्ने बताए ।


यस वर्ष कोरोनाका कारणले देश भन्दा बाहिरका साहित्यकारहरू ल्याउन नसकेको र देशभित्रका कवि, लेखक, साहित्यकार, पत्रकार, कलाकार र बुद्धिजीवीलाई कार्यक्रममा आमन्त्रण गरिएको अध्यक्ष जोशीले बताए ।
यस अघि २०७६ सालमा धनगढीमै प्रथम विश्व नेपाली साहित्य महोत्सव सम्पन्न भएको थियो । त्यस यता कोरोनाका कारणले दुई वर्ष महोत्सव हुन सकेको थिएन् ।
















