अत्तरिया – नेपाली कांग्रेस कैलाली जिल्लाको नयाँ कार्यसमिति चयनका लागि आईतबार भएको मतदानको मगतणना आज देखि सुरु गरिने भएको छ ।
मतगणना आज बिहान १० बजेबाट पार्टी कार्यालय (विपि स्मृती भवन) हुने निर्वाचन अधिकृत टेक बहादुर सुवेदीले जानकारी दिएका छन ।


उनले सुरुमा सभापति पदको मतगणना गरिने बताए । सभापतिमा नारायणदत्त भट्ट, प्रकाशबहादुर बम र रामबहादुर कलेल प्यानल सहित उम्मेदवारी दिएका छन ।
आइतबार भएको निर्वाचनमा कुल २५७६ मतदाता मध्ये २४८६ मत खसेको थियो ।




















